काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न भएको २१औँ वार्षिक साधारणसभाले बोनस र नगदसमेत गरी कुल १० दशमलव ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँमध्येबाट करसहितका पाँच दशमलव ३५ प्रतिशतका दरले हुन आउने १९ करोड पाँच लाख ५३ हजार रुपैयाँ बराबरको नगद लाभांश र पाँच प्रतिशतका दरले हुन आउने १७ करोड ७८ लाख १२ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी तीन अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुग्ने भएको छ ।