काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश गरेको छ । वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले फेसियल हाउस स्थापना गरेकी हुन् ।
काठमाडौंको सुन्धारास्थिति काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले हाल उपत्यकाभित्र केएल टावर (चाबाहिल) र लगनखेल (ललितपुर) मा शाखा सञ्चालन गरेको छ । उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका महत्वपूर्ण सहरहरूमा शाखा सञ्चालन गरी आफ्नो सेवा विस्तार गरिरहेको छ । फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्ध निर्देशक समेत रहेकी सुष्मा महराले यसबाट महिलाहरू स्वरोजगारमार्फत आत्मनिर्भर बन्न पाएको बताइन् । फेसियल हाउसले सञ्चालन गर्दै आएको ‘ब्युटी एकेडेमी’ले पेशागत तालिम मात्र नभई नेतृत्व, जिम्मेवारी र आत्मनिर्भर बन्ने अवसर समेत प्रदान गरिरहेको छ । हजारौँ महिलाहरूले यहीँबाट प्राविधिक शिक्षा प्राप्त गरी सौन्दर्य क्षेत्रमा करियर बनाएका छन् भने नेपालमा महिला उद्यमशीलता प्रवद्र्धनमा समेत ठूलो योगदान पुगिरहेको महराको दाबी छ । महराका अनुसार स्किन टेस्ट, स्किन केयर, हेयर केयर, मेकअपदेखि ग्राहकको आवश्यकताअनुसार विविध सेवाहरू फेसियल हाउसको एउटै छानामुनि उपलब्ध छन् ।
१८औँ वर्ष प्रवेशको अवसरमा फेसियल हाउसले काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा भव्य समारोह आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा विभिन्न शीर्षकमा उत्कृष्ट ३१ जना कर्मचारी र उत्कृष्ट एउटा शाखालाई अवार्ड प्रदान गरिएको छ । यस्तै, उत्कृष्ट तीन जना विद्यार्थीलाई पनि अवार्ड प्रदान गरिएको छ । अवार्डअन्तर्गत १० वर्ष काम गरेकी मञ्जु घिमिरेलाई ५० हजार रुपैयाँ नगदसहित ‘बेस्ट अनर अफ लोयाल्टी, डेडिकेसन एन्ड कन्टिन्युटी फर अ डेकेड’ अवार्ड प्रदान गरिएको छ । यस्तै, राशी थापा, सुजन बुढाथोकी, विगेन्द्र सिंह बल तामाङ, नमिना श्रेष्ठ, सलुजा चौधरी, प्रभा थापालाई अवार्ड प्रदान गरिएको छ ।
त्यस्तै, उषा सापकोटा, सृष्टी मृङचिङ, सन्ध्या राना, पुनम घर्तीमगर, प्रमिला खाती, मनोज ठाकुर, लक्ष्मी थपलिया, कञ्चन साउद, अस्मिता थापा, कमल ठाकुर, जेनी तामाङ, इशा रानामगर, इन्दु तामाङ, गरिमा शाही, विकास थापामगर, गंगामाया श्रेष्ठ, धन थापा, बिनिता पुराकोटी, विजय कुमार ठाकुर, मिना घर्ती श्रेष्ठ, झरना गुरुङ र अङ्किता लामालाई पनि अवार्ड प्रदान गरिएको छ ।