हो, हाम्रो जस्तो भू–परिवेष्ठितका साथै सानो अर्थतन्त्र भएको देशमा निश्चय नै पर्यटन अर्थतन्त्रको ठूलो महत्व रहेको हुन्छ । त्यसैले गर्दा नै हामीले विगत लामो समयदेखि नेपालमा ‘वर्षमा यति लाख सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउने, उति लाख संख्यामा विदेशी पर्यटक भित्र्याउने !’भनेर, संख्या तोकेरै घोषणा गर्ने गरेका छौं । यस्तो घोषणा भ्रमण वर्ष लगायत पर्यटन सम्बन्धी अन्य विशेष कार्यक्रममा घोषणा गर्ने गरेको छ, नेपाल सरकारलेका साथै सम्बन्धित निकायले ।
त्यसैले यो पङ्तिकारले पनि विगत १२ वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या अथवा भनौँ तथ्याङ्क उल्लेख गर्दै लेखको सुरुवात गर्दैछु । त्यसरी हेर्दाखेरी विगत १२ वर्षमा नेपालको भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या उल्लेख गर्नु पर्दा सन् २०१३ मा सात लाख ९७ हजार छ सय १६ विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यो संख्या भनेको सन् २०१२ को तुलनामा शून्य दशमलव सात प्रतिशतले कम रहेको थियो । त्यस्तै गरेर सन् २०१४ मा सात लाख ९० हजार एक सय १८ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो संख्या भनेको पनि सन् २०१३ को तुलनामा हेर्दा शून्य दशमलव नौ प्रतिशतले कमी रहेको थियो । उता सन् २०१५ मा त केवल पाँच लाख ३८ हजार नौ सय ७० जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । यो संख्या भनेको सन् २०१४ को तुलनामा ३१ प्रतिशतले कमी रहेको थियो । त्यसरी सन् २०१५ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या ह्वात्तै घटेर ३१ प्रतिशत कमी आउनुमा सो वर्ष नेपालमा आएको भूकम्प र भारतले लगाएको नाकाबन्दी प्रमुख कारणका रुपमा रहेको थियो । त्यस्तै गरेर सन् २०१६ मा चाहिँ नेपालको भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या रामै्रसँग बढेर सात लाख ५३ हजार दुई जना पुगेको थियो । यो संख्या सन् २०१५ मा नेपालको भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलनामा ४० प्रतिशतले बढी संख्या रहेको थियो भने, सन् २०१७ मा पनि नौ लाख ४० हजार दुई सय १८ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । यो संख्या पनि सन् २०१६ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या २५ प्रतिशत बढी संख्या रहेको थियो । त्यसै गरी सन् २०१८ मा ११ लाख ७३ हजार नौ सय ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । स्मरणीण छ, त्यसअघि नै अनेकौँ पटक नेपालमा वार्षिक १२ लाख, १५ लाख, २० लाख, २५ लाख, ३० लाख, ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइ सकेको थियो, नेपाल सरकरले । त्यस्तो अवस्थमा एकै वर्षमा १० लाख बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेको पहिलो तथा ऐतिहासिक घटनाका रुपमा दर्ज भएको थियो । जे होस्, सन् २०१८ मा नेपाल भ्रमण गर्न आएको विदेशी पर्यटकको यो संख्या पनि सन् २०१७ को तुलनामा संख्यामा २५ प्रतिशत नै बढोत्तरी भएको अवस्था थियो ।
सन् २०१९ मा नेपाल चाहिँ भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या अझ बढेर ११ लाख ७७ हजार एक सय ९१ जना पुगेको थियो । स्मरण रहोस्, यो संख्या नेपाल भ्रमण गर्न आएको धेरै अर्थात् ठूलो संख्याको रुपमा रहेको छ, हालसम्म नेपालको भ्रमण गर्न आएका विदेशी पर्यटकको वार्षिक संख्याको हकमा भने, अहिलेसम्म यो कीर्तिमानी संख्या तोडिएको छैन, यो संख्या अहिलेसम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको ठूलो अथवा धेरै संख्या हो । अनि नेपाल भ्रमण गर्न आएको पर्यटकको संख्या बढेको हिसाबले हेर्दा चाहिँ सन् २०१८ मा भन्दा सन् २०१९ मा दुई प्रतिशतले बढेको थियो । यसरी वार्षिक रुपमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढ्दै गएको र कीर्तिमान स्थापित भएको अवस्थामा एक्कासी सन् २०२० मा नकारात्मक ढंगले उलटपुलट भयो । किनभने, सन् २०२० मा केवल दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । यसरी तथ्याङ्क हेर्दाखेरी सन् २०२० मा नेपालको भ्रमण गर्न आएका विदेशी पर्यटक संख्यामा ठूलो पैमानामा गिरावट आएको वर्षका रुपमा पनि स्थापित भएको थियो । हुन पनि सन् २०१९ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा सन् २०२० मा ८० दशमलब सात प्रतिशतले कमी आएको थियो । स्मरण रहोस्, सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । त्यस्तै गरेर सन् २०२१ मा पनि सन् २०२० को तुलनामा पुनः घट्यो । सो वर्ष पनि ठूलै संख्यामा घटेर एक लाख ५० हजार नौ सय ६२ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । उता सन् २०२२ मा लगभग पाँच गुणाले बढेर छ लाख १४ हजार आठ सय ६९ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । त्यस्तै सन् २०२३ मा पनि लगभग ४४ प्रतिशतले बढेर १० लाख १४ हजार आठ सय ८२ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यो संख्या पनि संख्याका हिसाबले हेर्दा राम्रै खालको बढोत्तरी रहेको थियो । सन् २०२४ मा पनि नेपालको भ्रमण गर्न भनी आएका विदेशी पर्यटकको संख्या क्रमांगत रुपमा बढेर ११ लाख ४७ हजार पाँच सय ६७ जना पुगेको थियो । साथै सन् २०२५ मा पनि सन् २०२४ कै हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने अनुमान गर्न सकिन्छ । किनभने, केही समयअघि नेपाल पर्यटन बोर्ड (एनटीबी) ले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२५ को नोभेम्बर महिनासम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १० लाख ६० हजार दुई सय ६९ जना पुगेको छ । सो तथ्यांकलाई आधार मान्दाखेरि सन् २०२५ मा ११ लाख ३४/३५ हजारदेखि ४०/४२ सम्म अथवा ११ लाख ४३/४५ हजारदेखि ५०/५५ हजार हाराहारी विदेशी पर्यटक नेपाल आउने सम्भावना देखिन्छ ।
हुनत जे जस्तो भए पनि कोरोना महामारीपछिको वर्षहरूमा लगतार रुपमा अर्थात् सन् २०२२ देखि नै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढेको बढ्यै छ । नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या हेर्दाखेरी अहिलेसम्म एक नासले लगातार बढिरहेको गएको देखिँदैन । कुनै वर्ष ह्वात्तै घटेको अनि कुनै वर्ष चाहिँ ह्वात्तै बढेको देखिन्छ । त्यसो हुनुमा प्राकृतिक रुपमा आइपर्ने विपत्ति, महामारी आदि प्रमुख कारण रहेको देखिन्छ ।
अब हामीले नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या वार्षिक रुपमा बढाउँदै लानलाई केवल मुखले मात्रै ‘नेपालमा वार्षिक यत्ति लाख उत्ति लाख विदेशी पर्यटक भित्र्याउने !’ भनेर केवल घोषणा मात्रै नगरेर, विभिन्न स्किम वा भनौँ प्याकेजहरू पनि ल्याउनुपर्ने देखिन्छ । पर्यटन प्रबद्र्धन गर्ने सन्दर्भमा भन्नु पर्दा कोरोनामा महामारी साम्य भएपछिको वर्षमा एक देश दुई व्यवस्था रहेको चीनको प्रशासन अन्तर्गत रहेको दक्षिण–पूर्वी एसियाको हङकङले आप्mनो भूमिमा विदेशी पर्यटकको आगमन बढाउने उपायका रुपमा सन् २०२३ मा ‘हेल्लो हङकङ !’ भन्ने प्रमुख नारा अर्थात् स्लोगनसहित पाँच लाख विदेशी पर्यटकलाई निः शुल्क हवाई टिकट उपलब्ध गराएको थियो । हो, हङकङ सरकारले आप्mनो भूमिमा सन् २०२३ मा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या धेरैभन्दा धेरै पु¥याउने उपायको रुपमा घोषणा गरेको सो विशेष कार्यक्रमलाई हङकङ, मकाउ, मलेसिया, चीन, भारतलगायत देशको समाचारपत्र एवम् अनलाइन संस्करणले समाचार प्रकाशित गरेर, प्रचार गरेर साथ दिएको थियो । त्यसैले गर्दा हामीले पनि नेपालमा विदेशी पर्यटक संख्या बढाउन भनेर केवल मुखले मात्रै ‘नेपालमा वर्षमा यत्ति लाख उत्ति लाख विदेशी पर्यटक भित्र्याउने !’भनेर घोषणा मात्रै नगरी अबका दिनमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या कति जनासम्म भएमा कुन खालको सहुलियत दिन सकिन्छ ? भन्ने सम्बन्धमा हामीले छलफल र बहस गरेर सहुलियतका साथै छुटका विभिन्न प्याकेज एवं कार्यक्रमहरू ल्याउँदा राम्रो हुने देखिन्छ । यसो गर्दा हाम्रो देशको प्रचार प्रसार पनि हुन्छ र इज्जत पनि बढ्छ ।