काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस ३० गते प्रज्ञाप्रतिष्ठान कमलादीमा आफ्नो २४आँै वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी पाँच अर्ब ५० करोड रूपैयाँ मध्येबाट कुल २१ दशमलव शून्य पाँच प्रतिशतका दरले हुन आउने एक अर्ब १५ करोड ७८ लाख ९४ हजार सात सय ३७ रूपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । उक्त लाभांश मध्येमा २० प्रतिशतका दरले हुन आउने एक अर्ब १० करोड रूपैयाँ बराबरको नगद लाभांश र कर प्रयोजनका लागि पाँच करोड ७८ लाख ९४ हजार सात सय ३७ रूपैयाँ बराबरको नगद लाभांश रहेको छ ।