काठमाडौं । लक्ष्मी सनराईज बैंक लिमिटेडको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सोमबार सम्पन्न भएको सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड पुगेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३का लागि लेखापरिक्षकको नियुक्तिसमेत गरेको छ ।
आव २०८१/८२ मा तीन खर्ब ७१ अर्ब निक्षेप र दुई खर्ब ८७ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार चार खर्ब ४३ अर्ब रहेको छ । सो आवमा बैंकले चार अर्ब छ करोड रुपैया खुद नाफा आर्जन गर्न सफल भएको छ ।