इनरुवा (सुनसरी) । कोसी गाउँपालिका–१ लौकहीमा गए राति गोली लागेर एक जनाको मृत्यु भएको छ । सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी गराएका छन्।

घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् भने गोली प्रहार गर्नेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।