काठमाडौ । एआई क्षेत्रको कम्पनी टिङ टिङले नेपालको पहिलो बृहत् एआई सञ्चार इकोसिस्टम सार्वजनिक गरेको छ । कम्पनी एक विशेष कार्यक्रममार्फत एआई उत्पादनहरु सार्वजानिक गरेको हो ।
यससँगै टिङ टिङ अब केवल एकतर्फी भ्वाइस सेवामा सीमित नरही, व्यवसाय र मानिसबीचको सम्बन्धलाई नयाँ तरिकाले परिभाषित गर्ने एक शक्तिशाली ‘इंटेलिजेन्स इन्फ्रास्ट्रक्चर’को रूपमा उभिएको छ । कम्पनीले आफ्नो प्रविधिलाई चार प्रमुख प्रडक्ट लाइनमा विस्तार गरेको छ । यसले संयुक्तरूपमा ग्राहकको कुरा बुझ्ने प्रणाली अन्डरस्ट्याण्डिङ इन्जिनको रूपमा कार्य गर्नेछन् । यी चार प्रडक्टलाई ‘टिङ टिङका चार स्तम्भहरू’ भनेर प्रस्तुत गरिएको छ ।
टिङ टिङ भ्वाइसटिङ टिङको आफ्नै रिरी एआई इन्जिनद्वारा संचालित प्रणालीले नेपाली भाषामा भावनात्मक र सांस्कृतिक संवेदनशीलता समेटेर संवाद गर्ने क्षमता प्रदान गर्नेछ । यो एआई इन्जिनले मेसिनको आवाजलाई मानवीय र आत्मीय बनाउँछ, जसले गर्दा प्रयोगकर्तासँगको संवाद अझ प्रभावकारी र मनमोहक बनाउँछ । यस्तै टिङ टिङ टेक्स्ट यो उच्च क्षमताको टेक्स्ट इन्जिन हो, जसले ठूलो मात्रामा सूचना र अपडेटहरू विना कुनै ढिलाइ लाखौँ प्रयोगकर्तासम्म पुर्याउँछ । टिङ टिङ फम्र्स (टङ टिङ फम्र्स प्रणालीले डिजिटल फर्म भर्नको झन्झट हटाउँदै ग्राहकको आवाजबाट फिडब्याक संकलन गर्ने कार्य गर्दछ । यसले बोलेको कुरालाई तुरुन्तै डाटामा रूपान्तरण गरेर व्यवसायलाई सही निर्णय लिन सहयोग पुर्याउँछ । यसमा ग्राहकलाई लामो फारमहरू भरने झन्झट नभई उनीहरूको विचार र प्रतिक्रियाहरू तुरुन्त र सही तरिकामा प्राप्त गर्न सकिन्छ ।
टिङ टिङ एजेन्ट्स प्रविधिले पारम्परिक ‘१ थिच्नुहोस् वा २ थिच्नुहोस’ भन्ने मेनु प्रणालीलाई विस्थापित गरेको छ । अब ग्राहकसँग दुईतर्फी कुराकानी गर्न सक्ने एआई एजेन्ट्स मानिसको जस्तै प्राकृतिक रूपमा जवाफ दिन्छ । यो प्रविधिले २०० मिलिसेकेन्डभन्दा कम समयमा ग्राहकको आशय बुझेर जवाफ दिन्छ, जसले ग्राहक सेवा क्षेत्रमा ७५ प्रतिशत बढी कार्यकुशलता ल्याउँछ । यसले ग्राहक सेवा प्रक्रियालाई अत्यधिक सुधार्ने सम्भावना राख्दछ । टिङ टिङको यो सफलता नेपालको आफ्नै टेक्नोलोजीमा आधारित छ । कम्पनीले आफ्नै रिरी टेक्स्ट–टु–स्पीच इन्जिनको माध्यमबाट नेपाली भाषा र संस्कृतिसँग मेल खाने एआई उत्पादन विकास गरेको हो । यस प्रणालीको आधारमा वास्तविक नेपाली आवाजहरू संकलन गरेर रिरी इन्जिनलाई प्रशिक्षित गरिएको छ ।