मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ । यस हप्ता मेटलाइफ नेपालले माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ । देशको भौतिक संरचनाहरूको पुनःनिर्माणमा योगदान दिइ जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ ।