काठमाडौं । पत्रकार ऋषि धमलाको संयोजनमा जेनजीको भेला आयोजना हुने भएको छ। उक्त कार्यक्रम बुधबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा हुने तय भएको छ। यसका लागि सभागृहको आधा भाग बुक गरिएको खुलेको छ। धमलाले जेनजीका प्रमुख नेताहरूलाई सहभागी गराएर अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्। समसामयिक राजनीति, युवाको भूमिका र देशको भविष्यबारे छलफल गरिने जनाइएको छ।