काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ र आवश्यकतामा परिवर्तन आउन थालेको छ ।
पछिल्लो समय ईभी गाडीका खरिदकर्ताहरूले ‘रेन्ज’ र ‘चार्जिङ’बाहेक अन्य कुरामा पनि ध्यान दिन थालेका छन् । हाल नेपाली गाडी खरिदकर्ताहरु रियर ह्वील ड्राइभ (आरडब्लूडी) प्रविधि जडित विद्युतीय साधनप्रति आकर्षित भएको देखिन्छ । आरडब्लूडी प्रविधि जडित ईभी साधनमा उत्कृष्ट कम्फर्ट, ट्राक्सन र सन्तुलन हुने र नेपालको जस्तो विविधताले भरिएको बाटोहरुमा आरामदायि र आत्मविश्वासका साथ ड्राइभिङ अनुभव प्रदान गर्ने हुँदा यस प्रविधि जडित ईभीहरुमा खरिदकर्ताको आकर्षण बढ्दै गएको हो ।
के हो रियर ह्वील ड्राइभ ?
रियर ह्वील ड्राइभ प्रविधि उत्कृष्ट ह्यान्डलिङ र सन्तुलनका कार विश्वप्रख्यात प्रविधि हो । साधारणतया यो प्रणाली विलासी र महँगा स्पोट्र्स कारहरूमा मात्र प्रयोग गरिएका हुन्छन् भन्ने बुझाइ रहे पनि हाल एमजीका गाडीहरुमार्फत यो प्रिमियम सुविधा नेपाली ईभी ग्राहकहरुको लागि पारामाउन्ट मोटर्सले आफ्नो चर्चित मोडेलहरु एमजी एस ५, एमजी ४, एमजी कोमेट र एमजी आईएम ६ मार्फत सर्वसुलभ बनाएको छ । यस प्रविधिमा मोटरको सम्पूर्ण शक्ति गाडीको पछिल्लो पांग्रामा केन्द्रित हुन्छ । यसका कारण अगाडिका पांग्राहरूले गाडीलाई मोड्ने काम मात्र गर्छन् भने पछिल्ला पांग्राहरूले गाडीलाई अगाडि धकेल्ने काम गर्छन् । यो प्रविधि जडित गाडी चल्दा गाडीको तौल पछाडि सर्छ । पछिल्ला टायरहरूमा सार्छ र सडकमा राम्रो पकड पाउँछन् । यसले गाडी नचिप्लिने र गाडीले घुमाउरो मोडहरुमा पनि राम्रो नियन्त्रण बनाउँछ ।
आरडब्लूडी प्रविधि नेपालका लागि उपयुक्त छ ?
नेपालको भौगोलिक विविधताको कारण यहाँका बाटोहरुमा थुप्रै विविधता रहेको छ । नेपालका सडकहरूमा ठाडा उकाला, ओराला र थुप्रै घुम्तीहरू छन् । त्यस्तोमा आरडब्लूडी प्रविधि जडित ईभीहरु नियन्त्रण, सन्तुलन र ‘कम्फर्टको हिसाबले सबैभन्दा बढी प्रभावकारी रहने एमजी र आईएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले जनाएको छ । आरडब्लूडी प्रविधि जडित ईभीको खरिद गर्ने योजनामा रहेका ग्राहकहरुको लागि पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ योजनामार्फत लाभ लिन सक्ने समेत वितरक कम्पनी जानकारी गराएको छ । डिसेम्बर २५ देखि सुरु भएको यो योजनाअन्तर्गत सवारीसाधनहरूको खरिदमा ग्राहकले अधिकतम चार लाख रुपैयाँसम्ममको नगद लाभ प्राप्त गर्ने सक्नेछन् । यस्तै एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारीसाधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा, उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरीजस्ता सुविधाको लाभ उठाउन सक्नेछन् । यो योजना देशभरका एमजी सोरूमहरूमा उपलब्ध छ ।