काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न भएको आठौँ तथा नवौँ वार्षिक सााधारणसभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ एनएफआरएसबमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरुसहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।
सभाबाट लेखापरिक्षकको नियुक्ति, कम्पनीको आर्थिक वर्ष २०८१/८२को वितरणयोग्य नाफाबाट हाल कायम रहेको चुक्ता पुँजी नाफाबाट हाल कायम रहेको चुक्ता पुँजी पाँच अर्ब तीन करोड १२ लाख ३२ हजार रूपैयाँको पाँच प्रतिशत बोनस सेयर तथा १५ दशमलव २६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २० दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ । सभामा संचालक किरण केसीबाट धन्यवाद ज्ञापन गरिएको थियो । उक्त सभा कम्पनी सचिव बिनोद शर्मा पौडेलले संचालन गरेका थिए ।