काठमाडौं । शेयर बजार परिसुचक (नेप्से) मा सुधार देखिएको छ । अघिल्लो दिन पाँच दशमलव ५४ अंकले खुम्चिएको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार चार दशमलव ९० अंकले उकालो लागेर २६ सय ३९ दशमलव ९१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५४ अंकले उकालो लागेर चार सय ५४ दशमलव ८६ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४९ वटा कम्पनीहरुको ७७ हजार १७ पटकको कारोबारमा एक करोड ३६ लाख २४ हजार आठ सय २४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन । जसमध्ये छ वटा उपसमुहहरुको सुचक ओरालो लाग्दा बाँकी उपसमुहको सुचक उकालो लागेको छ । बाणिज्य बैंक, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक र लगानी उपसमुहको सुचक ओरालो लाग्दा बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।