काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा कम्पनीका अध्यक्ष मूलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को व्यवसाय लगायतका अन्य कामकारबाहीहरूको बारेमा सेयरधनीहरूलाई विस्तृत रूपमा जानकारी गराए । आव २०८१/०८२ मा कम्पनीले खुद ५० करोड दुई लाख ४८ हजार पाँच सय २३ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आव २०८०/०८१ को तुलनामा आठ दशमलव ५२ प्रतिशतले बढी हो । त्यसैगरी, गत वर्षको दाबी भुक्तानी दुई अर्ब ८३ करोड ३२ लाख ९२ हजार छ सय १४ रुपैयाँको तुलनामा यस आवमा तीन अर्ब ६२ करोड ५१ लाख ५५ हजार दुई सय ५५ रुपैयाँको दाबी भुक्तानी गरेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.को आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्ने, आव २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । सभामा कतिपय सेयरधनीहरूले लिखित सुझाव तथा कतिपय सेयरधनीहरू उपस्थिति भई आ–आफ्नो धारणाहरू राखेका थिए ।