काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजना भएको फेस अफ एसवाई २०८२ (ब्रान्ड एम्बेसडर हन्ट)मा मलैसा आचार्य छनौट भएकी छिन् । एसवाई प्यानल, एसवाई कस्टमेटिक, एसवाई बजार र एसवाई यूपीभीसीको प्रयोजनमा शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेबाट उनी छनौट भएकी हुन् । कुल दुई करोड बढी राशि पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो ब्रान्ड एम्बेसडर हन्ट हो । उक्त कार्यक्रमअन्तर्गत कम्पनीले तीन जना ब्रान्ड एम्बेसडर छनौट गरेको छ । छनौट भएका सबैलाई एसवाई ग्रुप नेपालका प्रबन्ध निर्देशक (एमडी) छेडोग इलले पुरस्कार वितरण गरे । यस योजनाअनुसार महिला पुरुष दुवैले प्रतिस्पर्धामा सहभागी भई छनौट हुने अवसर पाएका थिए । कार्यक्रम चरणबद्ध रुपमा भएको थियो ।
पहिलो चरणबाट उत्कृष्ट पाँंच सय जनालाई छनौट गरिएको थियो । र साथै हातै खाली नहुने गरी छनौट भएका पाँच सय जनालाई नै दुई हजारबराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिएको थियो । पहिलो चरणबाट छनौटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोस्रो चरणमा लगिएको थियो । त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजारबराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिएको थियो । दोस्रो चरणबाट छनौट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिएको थियो । अन्तिम उत्कृष्ट छनौट भएका २५ जनालाई तालिमसमेत दिइएको थियो । फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट ‘टाइटल विनर फेस अफ एसवाई’ छनौट हुने व्यवस्थाअनुसार कार्यक्रम भएको थियो । त्यसपछि फस्ट रनर अप, सेकेन्ड रनर अप छनौट भएका हुन् । यसअनुसार फस्ट रनर अपमा सारा लामा र सेकेन्ड रनर अपमा अपि योन्जन छनौट भए । कार्यक्रमबाट टाइटल विनरलाई नगद पाँच लाख रुपैयाँ पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिएको छ । प्रतियोगिताबाट उत्कृष्ट फष्ट रनर अपलाई चार लाख नगद पुरस्कार दिइएको छ । उनीसँंग ५० लाख बराबरको कन्ट्याक्ट गरिने छ ।