गण्डकी । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । सोमबार दिउँसो पक्राउ परेका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
‘उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो’, उनले भने । यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईँलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । प्रसाईँले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि पनि उनी यस्तै विवादमा तानिएर पक्राउ पर्दै छुट्दै आएका थिए ।