काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तराष्ट्रिय फोरम एमडीआरटी २०२६का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भव्य रूपमा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो, तपार्इंहरूको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ । एमडीआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैँमा गौरवको कुरा भएकाले अभिकर्ताहरूलाई हार्दिक बधाई व्यक्त गरे । आगामी वर्षहरूमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत प्रसाईले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रूपमा लिएको बताए । योग्यहरूको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताए । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि ऊर्जा प्राप्त हुने छ, यो ऊर्जाको आगामी वर्षहरूमा परिणाम आउने विश्वास प्रमुख कार्यकारी अधिकृत प्रसाईले व्यक्त गरे ।
नायव महाप्रबन्धक एवं नेसनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । ‘अन्तराष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरूको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ’, नायव महाप्रबन्धक एवं नेसनल सेल्स हेड मगरले भने ।
अन्तराष्ट्रिय ट्रेनर अमित शर्माले व्यवसायीक बिक्री कलाको क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरेका थिए । चर्चित कलाकार सन्दिप क्षत्रीको प्रेरणदायी तथा मनोरञ्जनात्मक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।