काठमाडौं । हनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन हनर एक्स ९डि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र उच्चस्तरीय विश्वसनीयताका लागि डिजाइन गरिएको हनर एक्स ९डि आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न तयार गरिएको स्मार्टफोन हो ।
यस सेग्मेन्टमा प्रयोगकर्ताको अपेक्षालाई नयाँ स्तरमा पु¥याउने क्षमतासहित हनर एक्स ९डि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । यस फोनमा २.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी६९ के रेटिङ, लामो समयसम्म चल्ने ८३०० मोगाहर्ज क्षमताको ठूलो ब्याट्री, तथा प्रत्येक क्षणलाई स्पष्ट र जीवन्त रूपमा कैद गर्ने १०८ एमपी उच्च रेजोलुसन क्यामेरा जस्ता विशेषता समावेश छन् । यो स्माटफोन दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ८/२५६ जीबी स्टोरेजको मूल्य ५४ हजार नौ सय ९९ रुपैयाँ र १२/२५६ जीबी स्टोरेजको मूल्य ५९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
यस विशेष स्मार्टफोनको लञ्च अवसरमा कम्पनीले ग्राहकहरूका लागि आकर्षक प्रि–बुकिङ अफर समेत सार्वजनिक गरेको छ । प्रि–बुकिङ अवधि जनवरी २८ सम्म रहनेछ, जसअन्तर्गत प्रारम्भिक ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत प्रि–बुकिङ गर्ने ग्राहकहरूले १५ हजार नौ सय ९९ रुपैयाँ मूल्यबराबरको हनर चोवाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन् । साथै, २० हजार मूल्यबराबरको १ वर्षे सेवा सुविधा पनि उपलब्ध गराइनेछ, यसमा स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीबाट हुने क्षतिको मर्मत समावेश छ । साथै कम्पनीले एक जना भाग्यशाली प्रि–बुकिङ ग्राहकलाई ५८ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ मूल्यबराबरको डिप्पल एस०५ कार जित्ने अवसर पनि उपलब्ध गराएको छ ।