काठमाडौं, शेयर बजार परिसुुचक नेप्से खुम्चिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक १९ दशमलव ८५ अंकले ओरालो लागेर २६ सय ९४ दशमलव २० बिन्दुमा खुम्चिएको छ ।क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७६ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको एक लाख १० हजार सात सय २८ पटकको कारोबारमा दुई करोड २० लाख ६० हजार चार सय ५४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम नौं अर्ब १० करोड ९४ लाख ५७ हजार दुई सय ७८ रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।