काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय, गैडांकोटद्वारा आयोजित शाखा प्रबन्धक कर्मचारीहरूको लागि २ दिने युनाइटेड इन भिजन, एक्सीलेन्स इन इक्जिक्युनि विषयक तालिम माघ १६ र १७ गते लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवल मणीग्राममा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा संचालित उक्त तालिममा संस्थाका संचालक शशी तिमल्सीना, सस्थापक पूर्व अध्यक्ष बलराम विष्ट र सबै प्रदेशबाट एक सय वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरू, १५ वटा अनुगमन स्टेसनका अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरूसहित को सहभागिता रहेको थियो ।
तालिम कार्यक्रममा प्रशिक्षक सहजकर्ताको रुपमा आन्तरिक लेखापरिक्षण विभाग प्रमुख कृष्ण प्रसाद खनालले बैंक वित्तीय संस्थाले पालना गर्नुपर्ने प्रचलित ऐन नियम संस्थाका पोलिसी कार्यान्वयन तथा कैफियत सुधारको अवस्था, कर्जा विभाग प्रमुख अमरनाथ सेडार्इंले कर्जा विश्लेषण तथा गुणस्तरीय लगानी, अनुगमन तथा असुली विभाग प्रमुख कुशल खनालले कर्जा जोखिम, खराब कर्जा व्यवस्थापन र निराकरणको उपाय, सूचना विभाग प्रमुख सुभाश कुमार गुप्ताले संस्थाको हालको वित्तीय अवस्था, सिष्टम जोखिम, प्रविधीको प्रयोग र सुरक्षाका उपायहरू, कार्य संञ्चालन तथा वित्त विभाग प्रमुख रितु बानियाले संचालन जोखिम तथा वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको उ्दघाटन गर्र्दै प्रमुख कार्यकारी अधिकृत पन्तले शाखा प्रमुख तथा अनुगमन अधिकृतहरूलाई हालको समसामयिक विषय, संस्थाको भावी कार्यक्रम, खराब कर्जा व्यवस्थापन विषयमा यस तालिमले हौसला प्रदान गरी आगामी दिनमा वित्तीय संस्थालाई अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । संचालक तथा संस्थापकहरूले कर्मचारीहरूको दक्षताले मात्रै बैंक सबल बन्न सक्ने, सेवा ग्राहीलाई पनि राम्रो सेवा दिन सकिने बताउँदै सेवा ग्राहीलाई उत्कृष्ट सेवा दिने गरी यहाँ सिकेका कुराहरू व्यवहारमा कार्यन्वयन गर्न निर्देशन दिएका थिए । तालिमबाट कर्मचारीको दक्षता विकास भई संस्थागत लक्ष्य हाशील गर्न ऊर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा विकास गर्ने बैंकको उद्देश्य रहेको बताएका थिए । तालिममा विभिन्न ४९ जिल्लाका एक सय जना शाखा प्रमुख तथा अनुगमन अधिकृतहरूको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण कृष्ण प्रसाद खनालले गरेका थिए ।