नेता हुन धेरै गुण चाहिन्छ । जो–सुकै मान्छे नेता हुनै सक्दैन। सबैलाई मिलाउने, सबैको कुरा सुन्न सक्ने, अनि घर–परिवारलाई पनि मिलाउन सक्ने, सबैलाई आदर र सम्मान दिन सक्ने, जस्तो परिस्थितिमा पनि लड्न सक्ने तथा ताली र गाली सबै खान सक्ने व्यक्ति मात्र नेता हुनसक्छ। तर नेपालमा नेता हुनुभनेको भोलि आउने सरकारमा बस्ने अनि पद र शक्ति हातमा लिने तथा आफूलाई कसरी माथि पु¥याउने हो भन्ने दाउमा कतिको नेता बन्न लागेको देखिन्छ। तर भोलि पद र प्रतिष्ठा पाउन आज नेता बन्न खोज्नु महाभूल हो। सामान्यतया नेता बन्न निम्न गुणहरू हुनु पर्दछ जस्तो लाग्छ।मैले रामकथा पढ्दा र सुन्दा नेता भगवान् रामचन्द्र जस्तो हुनु पर्दछ जस्तो लाग्दछ। उसै त हाम्रो भनाइ नै छ— रामको जस्तो राज्य होस्, रामराज्य। भगवान् राम कुशल नेतृत्वकर्ता थिए। उनी भगवान् विष्णुको सातौँ अवतार थिए र राजा दशरथका सन्तान थिए। उनी पुरुषमध्ये उत्तम थिए, अर्थात् पुरुषोत्तम। कुशल शासक थिए, प्रजालाई माया गर्ने, सन्तान र घर–परिवार मान्ने, सबैलाई उत्तिकै प्रेम र सद्भाव दिने अनि वचनका पक्का थिए। भगवान् रामबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। आफूलाई उत्तम मानव बनाउन सक्छौँ, चरित्रवान् र एक कुशल शासक बनाउन सक्छौँ। राज्यको लागि र जनताको लागि आफूजस्तो कदम पनि उठाउन सक्ने व्यक्तित्व नै राम हो। न अहंकार, न घमण्ड— शालीन व्यक्तित्व हो राम। उहाँ राजा राम हो। हामी पनि केही कुरा भगवान् रामचन्द्रबाट सिकेर असल नेता बन्ने प्रयत्न गरौँ। त्यही असल नेतृत्व दिनका लागि केही गुणहरू हुनु आवश्यक छ।
घमण्डले मानिसलाई नष्ट गर्छ। रावणको घमण्डले लंका जल्यो भने रामको विवेकले अयोध्या रामराज्य बन्यो। घमण्ड क्षणिक हुन्छ तर यसको परिणाम विनाशकारी हुन्छ। त्यसैले घमण्डरहित नेता आजको आवश्यकता हो। नेता भगवान् रामचन्द्रजस्तो हुनुपर्छ। हाम्रो भनाइ नै छ—‘रामको जस्तो राज्य होस्’, अर्थात् रामराज्य। भगवान् राम कुशल नेतृत्वकर्ता हुनुहुन्थ्यो। उहाँ भगवान् विष्णुको सातौँ अवतार हुनुहुन्थ्यो र राजा दशरथका सुपुत्र हुनुहुन्थ्यो। उहाँ ‘पुरुषोत्तम’ अर्थात् उत्तम पुरुष हुनुहुन्थ्यो। उहाँ कुशल शासक, प्रजाप्रेमी, परिवारप्रेमी, सबैप्रति समान प्रेम र सद्भाव राख्ने, वचनका पक्का व्यक्ति हुनुहुन्थ्यो। भगवान् रामबाट हामीले असंख्य कुरा सिक्न सक्छौँ— आफूलाई उत्तम मानव बनाउने, चरित्रवान् र कुशल शासक बन्ने, राज्य र जनताका लागि कठोर निर्णय लिन सक्ने व्यक्तित्व विकास गर्ने। अहंकार र घमण्डरहित, सरल र शालीन व्यक्तित्व नै रामको परिचय हो। उहाँ राजा भएर पनि जनताको सेवक हुनुहुन्थ्यो। आजका नेताले पनि रामचन्द्रबाट सिकेर असल नेता बन्ने प्रयास गर्नुपर्छ।
१. लोभ–लालचलाई त्याग गर्न सिकौँ
राजा दशरथको अवसानपछि भाई भरतले रामलाई वनमा गई राजा बन्न आग्रह गर्दा पनि भगवान् रामले इन्कार गर्नु भनेको लोभ–लालच त्याग गर्नु हो। यति मात्र नभई कर्तव्यबोध र शासन–सत्ता र राज्यभन्दा धर्मलाई ठूलो ठान्ने, सुख–सयलभन्दा कर्तव्यलाई ठूलो ठान्ने र व्यक्तिगत मूल्य र मान्यताभन्दा सामाजिक उत्तरदायित्व र सामाजिक मर्यादालाई ठूलो ठान्ने भाव हो ।
२. घमण्ड त्याग्न सिकौँ
घमण्डले मानिसलाई सिध्याउँछ। रावणको घमण्डले लंका जल्यो। तर रामको बुद्धिमत्ताले अयोध्या रामराज्य बन्यो। त्यसैले घमण्ड गर्नु भनेको आजको एकछिनका लागि मात्र हो। यसले मानिसलाई कुनै न कुनै दिन सिध्याउँछ। त्यसैले घमण्डरहित नेता आजको आवश्यकता हो।
३. सत्ता–मोह त्याग्न सिकौँ
जसको शक्ति उसको भक्ति होइन। आफ्नो हातमा सत्ता पर्यो भन्दैमा जनताको आशालाई निराशामा बदल्दै सेवा नदिनु भनेको सत्तालिप्त हुनु हो।
४. माया गर्न सिकौँ
नेता सबैलाई माया गर्ने खालको हुनु पर्दछ। सबैको भावना विचार गरी समस्त मानवको कल्याण गर्ने हुनु पर्दछ। लोकप्रिय हुँदैमा हुँदैन; जनताको सानाभन्दा साना समस्याको पनि निराकरण गर्ने हुनु पर्दछ।
५. भाइचारा बढाउन सिकौँ
नेता देश बिगार्ने, सबैलाई चौपट पार्ने खालको हुनु हुँदैन। यसले समाज, घर अनि सबै वर्ग र क्षेत्रलाई मिलाएर लैजान सक्ने हुनु पर्दछ। कसैलाई काखा र कसैलाई पाखा गर्ने खालको नेता भएमा—
६. भीड र जनताको मासले जे गर्छ त्यसमै लाग्ने होइन, के गलत के सही भन्ने निष्कर्ष एक शासकमा हुनु पर्दछ भन्ने सिकौँ।
७. सानालाई कसरी आदर गर्ने र ठूलालाई कसरी माया गर्ने भन्ने सिकौँ
रामचन्द्रको जस्तो भ्रातृत्व प्रेम हुनु जरुरी छ। प्रजालाई दुःख पर्दा कसरी सघाउने र जति सक्दो कम चोट पु¥याइ सबैको सेवा गर्ने नेता हुनु पर्दछ।
९. दुःखमा पनि कसरी हाँस्नुपर्छ भन्ने सिकाउने नेता हुनु जरुरी छ
भगवान् रामले १४ वर्ष वनवास दशरथले वचनको कारण स्वीकार्नु र रामले पितृवचनको कारण त्यसको पालन गर्नुले सत्ता–मोहभन्दा परिस्थितिले जे गराउँछ त्यसलाई हाँसेर स्वीकार गर्नुपर्छ भन्ने देखाउँछ। यसले के दर्शाउँछ भने जस्तो परिस्थितिमा पनि सामना गर्नुपर्छ र जीवनमा जे पनि भोग्नुपर्छ। कुनै कुरा स्थायी छैन। राज्य–मोहभन्दा पितृधर्म र आज्ञा ठूलो हो भन्ने देखाउँछ। हो, यस्तै गरी आजका नेताले पनि सबै मोह त्याग गरी असल कर्ममा लाग्ने उत्प्रेरणामा लाग्नु आजको आवश्यकता हो।
१०. धैर्यधारण कसरी गर्नुपर्छ भन्ने सिकौँ
समय जान्छ। एउटा भनाइ छ— ‘यो समय पनि बितेर जान्छ।’ हो, सुख पनि बितेर जान्छ र दुःख पनि बितेर जान्छ। त्यसैले हामी दुई दिनका पाहुना हौँ संसारमा। कोही अमर र अजर छैन। राम्रो कर्म गरेर केही असल कुरा देशलाई छोड्छु र आउने सन्ततिलाई सुखी बनाउँछु भन्ने प्रण गर्नुपर्छ र धैर्यवान् हुनुपर्छ।
११. धन–दौलत र मान–प्रतिष्ठा केही होइन भन्ने सिकौँ
आज धेरै मोहमा फस्यो भने जहिल्यै मानिस मोहमै जान्छ। यसले गलत कर्म गराउने उत्प्रेरणा दिन्छ। त्यसैले धन–दौलत हातको मैल हो, यो जान्छ भन्ने बुझी आफूलाई चाहिने मात्रको जोहो हुन सकेमात्र त्यो नेता असल नेता हुन्छ, नत्र देखासिकीमा ऊ बिग्रिन समय लाग्दैन।
१२. सरल जीवनयापन कसरी जिउने भन्ने सिकौँ
हरेकले आदर्श व्यक्ति हेर्छ। नेता भ्रष्टाचारी भयो भने जनता पनि भ्रष्टाचार गर्न सिक्छन्, कर्मचारी भ्रष्टाचारी हुन्छन्। तर सरल जीवनयापन गर्ने नेताजस्तै भारतका महात्मा गान्धी, अमेरिकाका अब्राहम लिंकन, दक्षिण अफ्रिकाका नेल्सन मन्डेला तथा नेपालका सादा जीवन बिताउने नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी थिए ।
१३. नेता धर्मात्मा हुनु पर्दछ
‘धर्मो रक्षति रक्षितः।’ हामीले धर्मको रक्षा गर्यौँ भने धर्मले हामीलाई रक्षा गर्छ। पाप धुरीबाट कराउँछ भन्छन्। हो, साँच्चै पाप धुरीबाटै कराउँछ। राम्रो कर्म गर्यौँ भने फल पनि राम्रो प्राप्त हुन्छ, तर नराम्रो कर्म गर्यौँ भने कुनै न कुनै दिन त्यसको भोगाइ अनिवार्य हुन्छ। धर्मले अन्धकारबाट उज्यालोतिर लैजान्छ र अन्यायमा परेकालाई न्याय दिन्छ।
१४. नेता कर्तव्यपालक हुनु पर्दछ
आफ्नो कर्तव्य के हो भन्ने ज्ञान नेतालाई हुनु पर्दछ। राज्यलाई कसरी विकास गर्ने र सबैलाई कसरी मिलाएर लैजाने भन्ने बोध नेता मा हुनु पर्दछ। अत्यन्त कठिन समयमा पनि राज्य र जनतालाई जोगाउने गुण हुनु पर्दछ। आदेश दिन सक्ने क्षमता हुनु पर्दछ।
१५. नेता बौद्धिक र कर्तव्यपालक हुनु पर्दछ
एकैछिनमा रिसाउने, कसैको कुरा नसुन्ने, घमण्डी नेता हुनु हुँदैन। बुद्धि र असल शासनको ज्ञान भएको नेताले समाज परिवर्तन गर्न सक्छ। त्यसैले शिक्षा विकास, स्वास्थ्यलाई प्राथमिकता, रोजगारीका अवसर र सबैलाई समान व्यवहार गराउन सक्छ। यो लडाइँ बुद्धि, विवेक र बौद्धिकताको हुनुपर्छ; नत्र बाहिरी र आन्तरिक द्वन्द्व चर्किन बेर लाग्दैन। सबैलाई मिलाएर आफ्नो क्षेत्र, गाउँ–टोल, समाज र राष्ट्रलाई अगाडि लैजाने सोचको हुनु पर्दछ। घमण्डी नेता आफू पनि सकिन्छ र अरूलाई पनि सकाउँछ। देशलाई बर्बाद बनाउँछ, अर्थतन्त्र धरासायी बनाउँछ।नेता हुन सजिलो छैन, नेता हुन गाह्रो छ। घर बिछोडिन्छ, आर्थिक अवस्था बिग्रिन्छ। तर असल नेता एक जना जन्मियो र उसले शासन–सत्ता हातमा लिन सक्यो भने नेपालजस्तो देशलाई स्वर्ग बनाउन धेरै बेर लाग्दैन। असल शासकले असल कानुन बनाउँछ, जबरजस्ती होइन, बुद्धिले नियममा ल्याउँछ। यी यावत् गुण भएका नेता हामीले पायौँ भने देश रामराज्य हुन बेर लाग्दैन। श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहले भनिबक्सेको जस्तै— ‘यो देश मेरो सानो दुःखले आर्जिएको होइन’— भनेझैँ यो देश विखण्डन हुनु हुँदैन, देशमा सबैलाई बाँच्न पाउने अधिकार होस्। न्याय खोजेर बसेकाले न्याय पाओस्। हामीसँग सबै चिज छन्। यति सानो तर सुन्दर देशमा असल शासकको उदय भएमा हामीले हाम्रो देशलाई समृद्ध नेपालको रूपमा पाउन सक्छौँ। हामी आफैँ नेता भएपछि मन्दिर धाउँछौँ, वरदान माग्छौँ अनि त्यही भगवान्को आशीर्वादलाई लात्याउँछौँ। आफूले पाएको अधिकारलाई दुरुपयोग गर्छौँ। आफ्नै परिवार र आफन्तलाई पोस्छौँ अनि जनतालाई दुःख दिन्छौँ। आशा छ, अब हामीले असल नेता र शासक पाउनेछौँ। उनीहरूलाई भगवान् रामले आफैँजस्तै कर्तव्यनिष्ठ, एक बौद्धिक र आदर्श व्यक्तित्व हुने वरदान दिनेछन् र नेपालमा विकासको मूल फुट्नेछ ।