काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन आयोजना गरेको छ । रिसर्च एण्ड इनोभेसन सेन्टर फर नेपाल सँगको सहकार्यमा फेब्रुअरी ११ देखि १४ सम्म उक्त सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ता, प्राज्ञ, उद्योग विशेषज्ञ तथा विद्वानहरूलाई एकै ठाउँमा ल्याई सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स क्षेत्रमा भएका पछिल्ला उपलब्धि तथा अनुसन्धान निष्कर्षहरू आदान–प्रदान गर्ने अवसर प्रदान गरेको थियो ।
कार्यक्रममा प्राविधिक सत्रहरू अन्तर्गत शोधपत्र प्रस्तुति, विशेषज्ञ प्रवचन तथा उदीयमान प्रविधि, नवप्रवर्तन र विश्वव्यापी अनुसन्धान सहकार्यबारे छलफलहरू सम्पन्न भएका थिए । सम्मेलनको उदघटन नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हे.ई. ते–यङ पार्कले गरे भने सम्मेलनको अध्यक्षता चीनको नानजिङ विश्वविद्यालय अन्तर्गत नेशनल की ल्याबोरेटरी अफ माइक्रोवेभ फोटोनिक्सका प्रा. डा. बिकास नकर्मीले गरेका थिए ।