काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान शुरु गरेको छ ।
फिफा विश्वकप २०२६ टिएमसँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा ‘ह्युन्डाइ फिफा विश्वकप २०२६ टिएम टेस्ट ड्राइभ अभियान शुरु गरिएको हो । यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ । ह्युन्डाईका कुनै पनि शो–रूममा गएर टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले फिफा विश्वकप २०२६ टिएमका खेल आयोजक देशहरू अमेरिका, क्यानडा र मेक्सिकोमध्ये कुनै एकमा प्रत्यक्ष रूपमा हेर्ने जीवनमा एकपटक मात्र प्राप्त हुने अवसर जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार यस अभियानमार्फत ग्राहकहरूले टेस्ट ड्राइभमार्फत ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पनि प्राप्त गर्नेछन् । साथै, यस अवधिमा ह्युन्डाई गाडी बुक गर्ने ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्नेछन्, जसले ग्राहकहरूको ह्युन्डाई अनुभवलाई अझ आकर्षक र लाभदायक बनाउनेछ ।