हो, अहिलेसम्म धेरै खर्च गर्ने पर्यटक चीनका पर्यटक हुन् । चीनका नागरिकहरू धेरै खर्च गर्ने पर्यटकीय देशको सूचीमा सन् २०१२–१३ देखि दोहोरिन थालेका थिए । मेरो भनाइको अर्थ चिनियाँ पर्यटक विश्वमा धेरै खर्च गर्ने पर्यटकका रूपमा सन् २०१२–१३ देखि विश्वकै एक नम्बरमा सूचीकृत हुन थालेका थिए । यो क्रम अहिलेसम्म जारी रहेको छ । यो क्रम सन् २०१९ को डिसेम्बर अन्तिममा चीनबाटै फैलन सुरु भएको कोरोना महामारी (कोभिड–१९) ले गर्दा सन् २०२० सम्म चाहिँ चिनियाँ पर्यटक यस मामिलामा पछि परेका थिए । सन् २०२३ देखि नै चिनियाँ पर्यटक विश्वको पहिलो धेरै खर्च गर्ने पर्यटकमा दोहोरिएका थिए । स्मरणीय छ, चिनियाँ पर्यटकले सन् २०२३ मा १९६.५ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । सोही वर्ष संयुक्त राज्य अमेरिका (यूएसए) का पर्यटकले चाहिँ विश्व भ्रमण गर्ने क्रममा १५० बिलियन अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर सन् २०२३ मा जर्मनीका पर्यटकले चाहिँ ११२ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । सन् २०२२ मा चाहिँ विश्व घुम्न निक्लेका पर्यटकले खर्च गर्ने देशको सूचीमा चिनियाँ पर्यटकको संख्याले दोस्रो स्थान मात्रै लिएको थियो । यो लेखमा विगत तीन वर्षमा धेरै खर्च गर्ने प्रमुख १० देश र वार्षिक खर्चको सूची प्रस्तुत गरिएको छ ।
(१) चीनबाट पर्यटक भई विश्व भ्रमण गर्न निक्लेका नागरिकले सन् २०२२ मा ११४.८ बिलियन अमेरिकी डलर खर्च गरेका थिए भने सन् २०२३ मा चाहिँ पर्यटक भई भ्रमण गर्न निक्लेका चिनियाँ नागरिकले १९६.५ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर सन् २०२४ मा पर्यटक भई भ्रमण गर्न निक्लेका चिनियाँ नागरिकले २५०.६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए ।
(२) सन् २०२२ मा जुन संख्यामा अमेरिकीहरू पर्यटक भई विश्व भ्रमण गर्न निक्लेका थिए, उनीहरूले ११४.९ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर २०२३ मा पर्यटक भई घुम्न निक्लेका अमेरिकी पर्यटकले १५० बिलियन अमेरिकी डलर खर्च गरे भने, २०२४ मा १७७.८ बिलियन अमेरिकी डलर खर्च गरेका थिए ।
(३) सन् २०२२ मा जर्मनीका नागरिक जो पर्यटक भई विश्व घुम्न निक्लेका थिए तिनीहरूले चाहिँ सन् २०२२ मा ८९.४ बिलियन अमेरिकी डलर खर्च गरेका थिए भने, जर्मनीका नागरिक जो पर्यटक भई विश्व घुम्न निक्लेका थिए तिनीहरूले सन् २०२३ मा १११.९ बिलियन अमेरिकी डलर खर्च गरे भने, सन् २०२४ मा चाहिँ १२०.३ बिलियन अमेरिकी डलर खर्च गरेका थिए, जर्मन पर्यटकले ।
(४) बेलायतका नागरिक जो पर्यटक भई विश्व घुम्न निक्लेका थिए तिनीहरूले सन् २०२२ मा गरेको खर्चको तथ्यांक उपलब्ध रहेको छैन भने, सन् २०२३ मा बेलयतका नागरिक जो पर्यटक भई विश्व घुम्न निक्लेका थिए तिनीहरूले चाहिँ सन् २०२३ मा ११०.३ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर सन् २०२४ मा विश्व घुम्न निक्लेका बेलायती पर्यटकले ११९.२ बिलियन अमेरिकी डलर खर्च गरेका थिए ।
(५) सन् २०२२ मा विश्व भ्रमण गर्न निक्लेका फ्रेन्च पर्यटकले ४७.७ बिलियन अमेरिकी डलर खर्च गरेका थिए भने, सन् २०२३ मा विश्व भ्रमण गर्न निक्लेका फ्रेन्च पर्यटकले ४९ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर सन् २०२४ मा चाहिँ विश्व घुम्न निक्लेका फ्रेन्च पर्यटकले ६० बिलियन अमेरिकी डलर खर्च गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
(६) छैठौँ स्थानमा राखिएको अष्ट्रेलियन पर्यटकले त सन् २०२२ मा र सन् २०२३ मा विश्व भ्रमण गर्न निक्लँदा कति खर्च गरे ? भन्ने सम्बन्धमा दुवै वर्षको तथ्य–तथ्यांक उपलब्ध रहेको देखिँदैन । तर, सन् २०२४ मा चाहिँ विश्व घुम्न निक्लेका अष्ट्रेलियन पर्यटकले ४५.६ बिलियन अमेरिकी डलर खर्च गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
(७) क्यानडाका नागरिकहरू जो सन् २०२२ मा पर्यटक भई विश्व भ्रमण गर्न निक्ले, उनीहरूले २४.४ बिलियन अमेरिकी डलर खर्च गरेको तथ्यांकमा उल्लेख गरिएको छ भने, सन् २०२३ मा चाहिँ विश्व घुम्न निक्लेका क्यानेडियन पर्यटकले ३८.३ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर सन् २०२४ मा चाहिँ विश्व घुम्न निक्लेका क्यानेडियन पर्यटकले ४३.४ बिलियन अमेरिकी डलर खर्च गरेको भनी तथ्यांकमा उल्लेख गरिएको छ ।
(८) रुसबाट सन् २०२२ मा जो नागरिकहरू पर्यटक भई विश्व भ्रमण गर्न निक्ले, उनीहरूले कति खर्च गरे ? सो सम्बन्धमा उनीहको खर्चसम्बन्धी तथ्यांक पनि उपलब्ध छैन । तर, सन् २०२३ मा चाहिँ विश्व घुम्न निक्लेका रुसी पर्यटकले ३३ बिलियन अमेरिकी डलर खर्च गरेको तथ्यांकमा उल्लेख छ भने, सन् २०२४ मा विश्व घुम्न निक्लेका रुसी पर्यटकले ३८.९ बिलियन अमेरिकी डलर खर्च गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
(९) इटलीका नागरिकहरू पनि सन् २०२२ मा जो पर्यटक भई विश्व घुम्न निक्लेका थिए, उनीरुले सो वर्ष २६.५ बिलियन अमेरिकी डलर खर्च गरका थिए । त्ययतै गरेर सन् २०२३ मा चाहिँ विश्व घुम्न निक्लेका इटलीयन पर्यटकले ३४.२ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । साथै सन् २०२४ मा चाहिँ विश्व घुम्न निक्लेका इटलीयन पर्यटकले ३५.७ बिलियन अमेरिकी डलर खर्च गरे ।
(१०) इन्डियाका नागरिक, जो पर्यटक भई सन् २०२२ मा विश्व घुम्न निक्लेका थिए तिनीहरूले चाहिँ २५.९ बिलियन अमेरिकी डलर खर्च गरेका थिए भने, सन् २०२३ मा विश्व घुम्न निक्लेका इन्डियन पर्यटकले ३३.३ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । त्यसै गरेर सन् २०२४ मा चाहिँ विश्व घुम्न निक्लेका इन्डियन पर्यटकले ३५ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । हो, धेरै पाठकलाई थाहा नहुन सक्छ कि, विश्व भ्रमणमा निक्लने पर्यटकमध्ये कुन देशका पर्यटकले धेरै खर्च गर्ने गरेका छन्, अनि कुन देशका पर्यटक सबैभन्दा धेरै संख्यामा भ्रमण गर्ने गरेका छन् ? एवं प्रकारले विश्वको कुन देशले पर्यटन क्षेत्रबाट सबैभन्दा धेरै आम्दानी गर्ने गरेको छ त ? अनि विश्वका विश्वको कुन सहर अथवा पर्यटकीयस्थलले वर्षेनी धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्ने गर्दो हो ? माथिका सबै विषयमा नभए तापनि यो लेखमा विश्व पर्यटन क्षेत्रमा धेरै खर्च गर्ने पर्यटक कुन देशका होलान् त ? भन्ने पाठकको जिज्ञासा यो लेखमा मेट्ने प्रयास गरिने छ । वा भनौँ विश्वमा कुन देशका पर्यटकले कति खर्च गर्दा रहेछन् त ? ती देशका पर्यटक र उनीहरूले गर्ने गरेको वर्षिक खर्चको विवरणसहित छोटोमा उल्लेख गरिने छ । खास गरिकन विगत तीन वर्षमा सबैभन्दा धेरै खर्च गरिरहेका प्रमुख १० देश र ती देशका पर्यटकले गर्ने वार्षिक खर्चको सूची सम्बन्धमा छोटकरीमा जानकारी दिइने छ । स्मरण रहोस्, यो सूची ‘विकिपेडिया÷विकिमेडिया’ ले वर्षेनी प्रकाशित गर्ने गरेको तथ्य–तथ्यांकमा आधारित रहेको छ ।
विश्व पर्यटन र खर्चालु पर्यटकका सम्बन्धमा कुरो गर्दाखेरि नेपालले कसरी हुन्छ माथिका १० देशका पर्यटक धेरैभन्दा धेरै खर्च गर्ने खर्चालु पर्यटक भित्र्याउन सकिन्छ । त्यस सम्बन्धमा हामीले विस्तृतमा अध्ययन, अनुसन्धान गरेर रणनीति बनाउनुपर्ने देखिन्छ । बहस एवं छलफल गरेर विभिन्न कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।