काठमाडौँ । नेपाल बैंक र एभरेस्ट हस्पिटल प्रालिबीच सम्झौता भएको छ । बैंकका अनुसार बैंकमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारहरूलाई काठमाडौँ नयाँ बानेश्वरमा रहेको एभरेस्ट हस्पिटल प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको पाँच देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेस्ट हस्पिटल प्रालिको तर्फबाट सञ्चलाक समितिका सदस्य श्री सैलेन्द्र महासेठले हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेस्ट हस्पिटल प्रालिद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।