काठमाडौं । स्मार्टफोन ब्रान्ड अनरले सबै अनर एक्स५सी नेपालमा ‘एक्सट्रिम च्याम्पियन’का रूपमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार उत्कृष्ट क्यामेरा स्पष्टता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ यो स्मार्टफोन डिजाइन गरिएको हो । दैनिक प्रयोगमा अझ उच्च अपेक्षा राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै अनर एक्स५सीले स्टाइल, शक्ति र उपयोगितालाई सन्तुलितरूपमा प्रस्तुत गर्नेछ । अनर एक्स५सी मा समावेश गरिएको अल्ट्रा क्ल्यिर ५० एमपी ड्युल क्यामेराले स्पष्ट, जीवन्त र उच्च विवरणयुक्त तस्बिरहरू खिच्न सहयोग गर्ने जनाईएको छ । भरपर्दो मिडिया टेक प्रोसेसर तथा पर्याप्त स्टोरेज क्षमताको साथ यसले सहज मल्टिटास्किङ, द्रूत एप सञ्चालन र समग्ररूपमा स्मूथ प्रदर्शन सुनिश्चित गर्नेछ भने शक्तिशाली ५२६० एमएएच ब्याट्रीले लामो समयसम्म निरन्तर प्रयोगको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अनर एक्स५सी ४/६४ जिबी क्षमताको मूल्य १५ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ भने अनर एक्स५सी प्लस १७ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा आधुनिक डिजाइन खोज्ने प्रयोगकर्ताहरूका लागि यी दुवै मोडेल आकर्षक विकल्प रहेको कम्पनीले जनाएको छ । स्मार्टफोन तीन आकर्षक रंगहरूमा उपलब्ध रहेको छ ।