काठमाडौं , काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।अन्तिम मतपरिणामअनुसार उनले १५ हजार ४५४ मत प्राप्त गर्दै विजयी भएकी हुन्।
उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। यस निर्वाचन क्षेत्रमा रञ्जु दर्शना सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः फराकिलो मतान्तरसहित विजयी भएकी हुन्। काठमाडौं–१ मा रास्वपाको यो जितलाई महत्वपूर्ण सफलता मानिएको छ।