काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड १० लाख ३८ हजार पाँच सय ६९ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ६३ लाख ८३ हजार दुई सय २१ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब २६ करोड १३ लाख ४६ हजार सात सय ४६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७८ करोड १९ लाख ५७ हजार तीन सय चार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ८८ लाख सात हजार सात सय ४४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ चार पैसा रहेको संस्थाको प्रतिसेयर नेटर्वथ एक सय ५९ रुपैयाँ ३७ पैसा रहेको छ । चालु आवको दोस्रो त्रैमासमा संस्थाको वित्तरणयोग्य नाफा भने एक करोड ६३ लाख चार हजार आठ सय ९१ रुपैयाँ रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने एक अर्ब २० करोड ९५ लाख ९२ हजार छ सय चार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७७ करोड १२ लाख ७८ हजार एक सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ७२ लाख ६३ हजार पाँच सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।