काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय एक जना पुरुष मृतावस्थामा फेला परेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन् ।

उनले भने, “बूढानीलकण्ठ–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा आइतबार उनी मृतावस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।”