काठमाडौं । मोटरसाइकल ब्रान्ड बजाजले नेपालमा पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने कम्पनीको दाबी छ ।
नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बिएस ६ भि इन्जिन, सिङ्गल च्यानल एबिएस लिड हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटलजस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ । यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको कम्पनीको भनाइ छ । यो मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन एफआई प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी एबीएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउनेछ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई आधुनिक बनाउनेछ । कम्पनीका अनुसार नयाँ बजाज पल्सर १५० लाई नेपालभरका बजाज अटोका आधिकारिक सोरुममार्फत उपलब्ध गराइएको छ । मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको जनाएको छ । त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने कम्पनीको भनाइ छ । अब पहिलेझैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक पर्ने छैन ।