पहिले त ‘माइस टुरिज्म’ को हो ? सो सम्बन्धमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । किनभने, हामी सबैले समग्र पर्यटनका सम्बन्धमा जानिएको हुँदैन । किनभने, हामीमध्ये धेरैले औपचारिक रुपमा पर्यटनका बारेमा पढिएको हुँदैन । तथापि जसले विषयगत रुपमै समग्र पर्यटनका सम्बन्धमा पढेको छ, उसले नजान्ने भन्ने भएन । त्यसैले सर्वसाधारण पाठकका लागि ‘माइस टुरिज्म’ भन्नाले के हो ? भन्ने सम्बन्धमा यहाँ छोटोमा चर्चा गरौं । हुनत नेपाली भाषामा भन्नु पर्दाखेरि ‘माइस टुरिज्म’ भन्नाले ‘सभा–सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी गर्ने आदिलाई बुझिन्छ । हो, यस्तो सभा–सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी आदि गर्नका लागि अर्को देशका मानिसहरूलई आफ्नो देशमा आकर्षित गर्न सक्नु, ल्याउन सक्नु र गराउनुलाई नै ‘माइस टुरिज्म’ भनिन्छ, भन्ने गरिन्छ । त्यसैले त ‘माइस टुरिज्म’ लाई पर्यटन क्षेत्रबाट आमदानी हुने प्रमुख पर्यटनका रुपमा पनि लिने गरिन्छ ।
तर, यसरी अहिलेसम्म नेपालमा सभा–सम्मेलन पर्यटन आयोजना गरिएको छ, छैन ? यो पङ्तिकारलाई आधिकारिक रुपमा थाहा छैन, भएन । निश्चय नै अभियानकै रुपमा नभए पनि लगभग ७६–७७ वर्षको नेपाली पर्यटन इतिहासमा विगतमा केही न केही पटक अवश्य पनि नेपालमा ‘सभा–सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी’ भए होलान् । अनि यस्तो ‘सभा–सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी’हरू कुन–कुन देशले कति पटक गरे ? भन्ने सम्बन्धमा नपाल सरकारको सम्बन्धित निकायसँग तथ्य–तथयांक अवश्व होला नै । हुन पनि विश्वका जुनसुकै देशमा अन्य पर्यटन क्षेत्र हेरिकन (पर्वतारोहणपछि आय स्रोतको प्रमुख माध्यमका रुपममा) सभा–सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी आदिलाई पर्यटन क्षेत्रबाट आमदानी हुने प्रमुख पर्यटनका रुपमा लिने गरिन्छ । अंग्रेजी भाषामा ‘माइस टुरिज्म’ (मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स एन्ड एक्जिबिसन) भनिने पर्यटनलाई पछिल्लो समयमा विश्वका विभिन्न देशले सक्दो प्राथमिकता दिन थालेका छन् ।
हुन पनि के भन्ने गरिन्छ भने, त्यसरी विदेशमा आयोजना हुने ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स एन्ड एक्जिभिसन÷माइस टुरिज्म’ भाग लिन जाने पर्यटकले अन्य पर्यटक हेरिकन प्रशस्त खर्च गर्न सक्ने क्षमता राख्छन्, राखेका हुन्छन् । जे होस्, अंग्रेजी भाषामा पूर्ण रुप वा भनौं नाम रहेको छ, ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिविसन ।’ यसलाई नेपाली भाषामा चाहिँ ‘सभा, सम्मेलन, बैठक, प्रोत्साहन र प्रदर्शनी’ नाम दिन सकिन्छ । ‘माइस टुरिज्म’ भन्नाले पर्यटन सम्बन्धी प्रदर्शनी (व्यापारीहरू एक देशबाट अर्को देशमा माल सामान बेच्न आउने जाने प्रक्रिया) लाई पनि जोड्न सकिन्छ । किनभने, व्यापारीहरूले पनि ‘बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी’मा जाने पर्यटकहरूले जस्तै प्रशस्त खर्च गर्न सक्ने क्षमता राखेका हुन्छन् । जे होस्, विश्व पर्यटन जगतमा विदेशी पर्यटकको संख्या साथै हामीले हामीले पर्यटन क्षेत्रमा विविधिकरण ल्याउनका लागि पर्वतारोहण एवम् सभा, सम्मेलन पर्यटनलाई पनि प्रवर्द्धन गर्नुपर्ने देखिन्छ । पर्वतारोहणका लागि त विगत ७२ वर्षदेखि नै विश्वकै सबैभन्दा अग्लो हिमाल (८८४८.८६ मिटर) ‘चोमोलुङमा– सगरमाथा–एभरेस्ट’देखि लिएर ५५०० मिटरभन्दा माथिका ४७६ वटा हिमाल नेपाल सरकारले पटक–पटक गरेर स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि आरोहण गर्नलाई खुला गरेको हुनाले प्रचार प्रसार प्रशस्तै भएको छ भन्न सकिन्छ । स्मरणीय छ, पछिल्लो पटक २०८१ सालको पुसमा नेपाल सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।
त्यसपछि अरु पर्यटन क्षेत्र हेरिकन आय स्रोतको प्रमुख माध्यमका रुपममा सभा, सम्मलेन, बैठक, प्रदर्शनी आदिलाई लिने गरिन्छ । जसलाई अंग्रेजीमा संक्षेपीकरण गर्दै दिइने नाम हो ‘माइस टुरिज्म ।’ हो भनेर माथि नै व्याख्या गरिएको छ, सामान्य जानकारी दिइएको छ । अहिले विश्व पर्यटन क्षेत्रमा सबै खालका विदेशी पर्यटकको संख्या बढाउनुका साथै खर्चिला पर्यटकको संख्या समेत बढाउन भनेर अनेक खालका नयाँ गतिविधिका साथै विदेशी पर्यटकलाई आफ्नो देशमा आकर्षित गर्ने अनेक खालका प्रोत्साहन योजना ल्याइने गरेको देखिन्छ । त्यसमा अहिले धेरै जसो देशले ‘माइस टुरिज्म’का लागि पनि सक्दो पहल र प्रवर्द्धन गरिरहेका छन्, आफ्नो देशमा पनि माइस टुरिज्म आयोजना गर्न लालायित रहेको देखिन्छ । त्यसका लागि धेरै देशले खास गरिकन आर्थिक रुपमा सम्पन्न भइसकेका देशहरूले समेत आफ्नो देशमा विश्वभरिबाट ‘माइस टुरिज्म’ भित्र्याउन वा भनौं ‘माइस टुरिज्म’लाई आकर्षित गर्नका लागि लागी परेका छन् । केही देशले त त्यस कार्यका लागि लामो समय अघिदेखि प्रचार प्रसारको श्रृङ्खलावद्ध अभियान नै चलाई रहेका छन् ।
यो लेख लेख्नुको खास आशय चाहिँ अब हाम्रो देश नेपालले पनि ‘माइस टुरिज्म’का लागि ध्यान दिऊँ, पहल गरौं भन्ने रहेको छ । माथि नै भनियो कि, नेपाल पर्वतारोहण पर्यटनका लागि प्रमुख गन्तव्य नै हो । साथै नेपालमा पदयात्रा पर्यटनमा पनि राम्रै रहेको छ, विश्वका प्रमुख गन्तव्यहरू मध्येमा नै पर्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरो हो । त्यस बाहेक नेपालमा धेरथोर रुपमा विदेशी पर्यटकहरू जलयात्रा, जंगल सफारी, सिकार पर्यटन, माउन्टेन फ्लाइट, प्यारासुट जम्प, बञ्जी जम्पिङ, बालुनिङ, कायाकिङ, क्यानोइङ, साइक्लिङ, बाइक टुर, साइट सिन, सिटी टुर, गाउँ पर्यटन, जिप फ्लाइङ, बाइकिङ टुर, कल्चरल टुर, भाषा अध्ययन, स्की पर्यटन, रक क्लाइम्बिङ, बर्ड वाचिङ टुर, योग–योगा पर्यटन आदिका लागि पनि आउने गरेका छन् ।
अब हामीले पनि विश्वभरिका ठूल–ठूला कम्पनीहरू, कर्पोरेट हाउसहरू, पर्यटन सम्बन्धी ट्राभल तथा ट्रेकिङ एजेन्सी (कम्पनी) हरू, उद्योग एवम् कल कारखानाका मालिक तथा मजदुरहरू, सूचना प्रविधिसम्बन्धी कम्पनीका सञ्चालकहरू, संयुक्त राष्ट्र संघ मातहत रहेका निकायहरू, दातृ निकायहरूका साथै अन्य सबै खाले संघ र संस्थाका साथै विभिन्न निकायहरूलाई ‘तपाईहरूको वार्षिक साधारणसभा, सम्मेलन, कार्यकारी समितिको बैठक, प्रदर्शनी, इन्सेन्टिभ दिने घोषणा आदि अर्थात् ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, डिस्कोर्स र एक्जिविसन’ हिमालय र बुद्ध जन्मेको देश नेपालमा गर्नु होस्, नयाँ अनुभव र अनुभूति लिनु होस्’ भन्ने नयाँ नाराका साथ माइस टुरिज्ममा हात हाल्ने हो कि त ? निश्चय नै विश्वका कुनै पनि देशका संघ–संस्था, कम्पनी, कर्पोरेट हाउस, सरकारी कार्यलय, दातृ निकाय, आईनजीओ, एनजीओ, व्यापारिक निकाय, इभेन्ट आयोजक आदिलाई विश्वकै सबैभन्दा अग्लो हिमाल (८८४८.८६ मिटर) सगरमाथा–चोमोलुङमा–एभरेस्ट सहित लगभग १७ सय वटा साना ठूला हिमाल भएको हिमालको देश अनि विश्व शान्तिका अग्र दूत गौतम बुद्ध जन्मेको देशमा आफ्नो संघ–संस्था, कम्पनी, कर्पोरेट हाउस, सरकारी कार्यलय, दातृ निकाय, आईनजीओ, एनजीओ, व्यापारिक निकाय, इभेन्ट आयोजना आदि गर्न नेपाल आउनु किन रहर नलाग्दो हो ?
खास गरिकन विश्वभरिका ठूल–ठूला कम्पनीहरू, कर्पोरेट हाउसहरू, पर्यटनसम्बन्धी ट्राभल तथा ट्रेकिङ एजेन्सी (कम्पनी) हरू, उद्योग एवं कल कारखानाका मालिक तथा मजदुरहरू, सूचना प्रविधिसम्बन्धी कम्पनीका सञ्चालकहरू, संयुक्त राष्ट्र संघ मातहत रहेका निकायहरू, दातृ निकायहरूका साथै अन्य सबै खाले संघ र संस्थाका साथै विभिन्न निकायहरूलाई ‘तपाईहरूको वार्षिक साधारणसभा, सम्मेलन, कार्यकारी समितिको बैठक, प्रदर्शनी, इन्सेन्टिभ दिने घोषणा आदि अर्थात् ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, डिस्कोर्स र एक्जिविसन’ हिमालय र बुद्ध जन्मेको देश नेपालमा गर्नु होस्, नयाँ अनुभव र अनुभूति लिनु होस्’ भन्ने नयाँ नाराका साथ माइस आफ्नो सभा, सम्मेलन, प्रोत्साहन कार्यक्रम, प्रदर्शनीदेखि लिएर अन्य कार्यक्रमहरू गर्नु होस् भनेर किन आग्रह नगर्ने, उनीहरूलाई किन प्रोत्साहन नगर्ने ? हाल विश्वका विभिन्न देशले माइस टुरिज्मबाट ठूलो फाइदा लिइरहेका छन् । जस्तै अफ्रिका महादेशको मोरोक्को भन्ने देशलाई एक उदाहरणका रुपमा लिन सकिन्छ । मोरोक्कोले आफ्नो देशको माराकेस र कासाब्लान्का सहरलाई मुख्य गन्तव्यका रुपमा लिएको छ भने अफ्रिका महादेशकै दक्षिण अफ्रिका देशको दर्बान डरबान) सहरमा पनि माइस टुरिज्म आयोजकहरूको राम्रो उपस्थिति रहने गरेको छ । त्यस्तै अफ्रिका महदेशकै इजिप्ट देशको राजधानी समेत रहेको कायरो सहरमा पनि माइस टुरिज्मले राम्रोसँग फस्टाउने मौका पाइरहेको देखिन्छ । यता एसिया तथा प्रशान्त क्षेत्रमा पर्ने सिंगापुर नामक धेरै सानो देशले पनि धेरै राम्रोसँग माइस टुरिज्मबाट फाइदा लिई रहेको छ भने एसिया महादेशकै थाइल्यान्डले पनि माइस टुरिज्मलाई राम्रैसँग आकर्षित गरिहेको छ ।
नेपालले पनि विस्तारै भौतिक पूर्वाधार र यातायातको राम्रो सेवा सुविधा उपलब्ध गराउन सकेमा ‘माइस टुरिज्म’ले छिट्टै फस्टाउने मौका पाउने थियो कि ? किनभने, हामीसँग प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरू प्रशस्तै रहेका छन् । जस्तै नेपालमा ‘माइस टुरिज्म’का लागि नगरकोट, चन्द्रागिरि, दामन, पोखरा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङको ल्होमन्थाङ, डोल्पा जिल्लाको फोकसुन्डो ताल, चोमोलुङ–सगरमाथा–एभरेस्ट हिमालको बेस क्याम्प, कालापत्थर, एभरेस्ट भ्यु होटेल, गोक्यो, गोरक्सेप एवं प्रकारले कञ्चनजंघा हिमालको उत्तरी बेस क्याप र दक्षिणी बेस क्याम्प, घुन्सा अनि मुगु जिल्लाको रारा ताल क्षेत्रका साथै जुम्ला जिल्लाको सिंजा उपत्यका आदि आकर्षक र भर्जिन गन्तव्य हुन सक्ने देखिन्छ ।