काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आधा दर्जन कम्पनीहरुको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार नियमित कारोबारका लागि सर्वोत्तम सिमेन्ट, सिक्लेस हाइड्रोपावर, छिमेक लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सन नेपाल लाइफ इन्स्योरन्स बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत सेयरमध्येमा सर्वोत्तम सिमेन्टको पाँच प्रतिशतका दरले २४ लाख ८७ हजार सात सय ५० कित्ता, सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको १५ प्रतिशतका दरले १२ लाख ७५ हजार कित्ता, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ दशमलव पाँच प्रतिशतका दरले ४० लाख १९ हजार एक सय ८२ दशमलव ३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ६३ प्रतिशतका दरले नौ लाख ३३ हजार सात सय ५० कित्ता, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १४ दशमलव २५ प्रतिशतका दरले ११ लाख १७ हजार ९२ दशमलव २७ कित्ता र सन नेपाल लाइफ इन्स्योरन्स कम्पनीको पाँच प्र्रतिशतका दरले २५ लाख १५ हजार छ सय १६ कित्ता बोनस सेयर नियमित कारोबारको लागि नेप्सेमा सूचीकृत भएको छ ।