पाल्पा । बगनासकाली गाउँपालिका– २ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा पिकप जिप र स्कुटर एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसल सिंह ठकुरीले जानकारी दिए ।
ठकुरीका अनुसार आर्यभञ्ज्याङ्गबाट बर्तुङतर्फ आउँदै गरेको लु १ च ३७४० नम्बरको पिकअप जिप र विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटर एक आपसमा ठोक्किँएर गम्भीर घाइते भएका मगरको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै आएका थिए ।