काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार फागुन २९ गते शुक्रबारदेखि फागुन ३० गते शनिबारसम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिता सफलरुपमा सम्पन्न भएको हो । प्रतियोगितामा व्यवस्थापन समूहअन्र्तगत आठवटा टिम गरी बैंककै विभिन्न विभागका ८४ जना तथा विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्तो कार्यक्रमहरूले संस्थाको संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धतासमेत झल्काउँछ साथै, संस्थाभित्र अनुशासन, आपसी सहकार्य तथा स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै उक्त प्रतियोगिताको विजेताहरुलाई प्रमुख कार्यकारी अधिकृत पोखरेलले पुरस्कारसमेत वितरण गरे । बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमार्फत कर्मचारीहरूबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा तथा संस्थागत एकतालाई अझ सुदृढ बनाउने विश्वास लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ ।