काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा उछाल देखिएको छ । संस्थाले चालु आर्थिक बर्षको पछिल्लो अवधिमा ११ करोड ७१ लाख ४२ हजार एक सय ३३ रुपैंयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा झण्डै नौं करोड रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा संस्थाले तीन करोड ७५ लाख २४ हजार चार सय ५५ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब १० करोड ६२ लाख ८६ हजार दुई सय ९६ रुपैंयाँ रहेको छ । संस्थाले चालु आवको पछिल्लो अवधिमा छ अर्ब तीन करोड २३ लाख ८७ हजार सात सय ३८ रुपैंयाँ निक्षेप संकलन गरी ११ अर्ब ९९ करोड ५६ लाख ३६ हजार नौं सय ५१ रुपैंयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा ४३ करोड तीन लाख ८० हजार दुई सय ३४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १२ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा पाँच अर्ब ५२ करोड ७१ लाख ८६ हजार सात सय २२ रुपैंयाँ निक्षेप संकलन गरी ११ अर्ब ८२ करोड ६३ लाख ३१ हजार पाँच सय ४२ रुपैंयाँ कर्जा लगानी गरेको थियो । उक्त अवधिमा ३० करोड ३९ लाख ६२ हजार छ सय ३५ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय अर्थात खराब देखिएको थियो ।