काठमाडौं । प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्वारा ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत प्रभातफेरी कार्यक्रमको आयोेजना गरी मनाइएको छ । बैंकको शुक्रबार सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त र्याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।
कार्यक्रममा ‘स्मार्ट मनि टक्स’ को मूल नारासहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो । बैंकको नेपालभर तीन सय १२ वटा शाखा कार्यालयहरु, तीन सय १० वटा एटीएम साथै ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जानकारी दिएको छ ।