काठमाडौ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको वैठकले नाडाको पदाधिकारी चयन गरेको हो । नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरू मध्येबाट पदाधिकारीहरूको निर्वाचन गर्ने व्यवस्था छ । गत पुस २५ गते काठमाडौँमा सम्पन्न निर्वाचनले नाडाका केन्द्रिय समिति चयन गरेको थियो । नाडाको विधानअनुसार पदाधिकारी चयन गरिएको हो । नाडाको संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति चयन भएका छन् । यस्तै महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंंकज अग्रवाल र सहकोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन् ।
यस्तै संस्थागत सदस्यहरूमध्येबाट डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझालाई प्रदेश सदस्यमा चयन गरिएको छ । यस्तै साधारण सदस्यहरूमध्येवाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह सदस्यमा चयन भएका छन् । यस्तै अध्यक्षले दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रशाद गिरिलाई मनोनित गरेका छन् ।