काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना संचालन गरेको छ ।
जगदम्बा मोटर्स प्रालिले हालै काठमाडौंमा ‘ट्रेड अप टुडे, ड्राइभ एक्सेलेन्स टुमोरो’ भन्ने मूल नाराका साथ एक्सचेन्ज क्याम्प आयोजना गरेको हो । यस योजनामा जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजारमा प्रचलित दरभन्दा उच्च मूल्यांकन प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रोटोन इमास–७ ले १६० किलोवाट क्षमताको मोटर, १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा ४९२ देखि ५८५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ । आधुनिक सुरक्षा प्रविधि र आकर्षक प्रिमियम डिजाइन सुविधासहितको यो गाडीको लम्बाइ ४६१५ एमएम रहेको छ । कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले विशेष नगद लाभ, फाइनान्समा सहजता, एक वर्षको निःशुल्क सडक दस्तुर र एक वर्षको बीमाजस्ता सुविधाहरूको लाभ लिएका छन् । कम्पनीले कार्यक्रममा सहभागी हुने र गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्था समेत गरेको थियो ।