काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन २४ दशमलव ४५ अंकले खुम्चिएको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार १४ दशमलव २१ अंकले उकालो लागेर १९ सय ५० दशमलव १६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९८ अंकले उकालो लागेर पाँच सय दुई दशमलव ४४ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४३ वटा कम्पनीहरुको एक लाख ४२ हजार सात सय ३४ पटकको कारोबारमा तीन करोड चार लाख ३८ हजार तीन सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जीवन बीमा र व्यापार उपसमुहको सुचक खुम्चिएको छ भने सामुहिक लगानी कोष उपसमुहको सुचक स्थिर देखिएको छ । यि बाहेक बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहको सुचक पनि उकालो लागेका छन् ।