काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२६ अन्तर्गत साताभरी नै स्मार्ट मनी टक्सलाई मध्येनजर गर्दै आफ्ना देश भरिका शाखाहरूबाट विभिन्न सन्देशमूलक कार्यक्रमहरू गरेको छ । विभिन्न संघ संस्थामा गएर वित्तिय साक्षरतालाई महत्व दिँदै विभिन्न वर्गका ग्राहकहरूलाई जानकारी पुर्याउने मनसायले आयोजना गरेको कार्यक्रममा विद्यार्थीदेखि लिएर कर्मचारीसम्म, घर गृहणीदेखि लिएर सर्वसाधारणसम्म, सम्पूर्णमा कार्यक्रम गरी वित्तीय सचेतनाको जानकारी उपलब्ध गराएको छ । यस्ता कार्यक्रमका साथ साथै मन्जुश्री फाइनान्सले बचत एउटा बानी हो, स्मार्ट मनि टक्स जस्ता नाराहरूका साथ प्रभातफेरी कार्यक्रमको आयोजना र सहभागिता पनि जनाएको थियो ।
हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २० अर्ब छ करोड रुपैयाँ कर्जा प्रबाह गरेको फाइनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराइरहेको छ भने एक लाख ८७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिँदै आइरहेको छ ।