काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२६ अवसरमा स्मार्ट मनि टक्स भन्ने नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ । वित्तीय व्यवस्थापनको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको फाइनान्सले जानकारी दिएको छ ।
वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, फाइनान्सको खरेन्द्रपुर शाखाले आइतबार नेपाल राष्ट्र बैंक खरेन्द्रपुरद्वारा आयोजित र्यालीमा सहभागिता जनाएको छ । यस अवसरमा वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । चैत ६ गते पुतलीसडक शाखाले नेसनअल युनाइटेड स्कुलका कक्षा ७ ८ र ९ का ७० विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रशिक्षण प्रदान गरेको छ । त्यसैगरी, चैत ८ गते पोखरा शाखाले कन्या क्याम्पस ११ ,१२ र स्नातकका एक सय ५१ विद्यार्थीलाई शाखाका कर्मचारीद्धारा विद्यालयमा उपःिथत भई वित्तीय वित्तीय साक्षरता प्रशिक्षण दिइयो । फाइनान्सको गैर शाखाले बाल गोविन्द जनता माद्यामिक स्कुलका, गैरका २५ विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दियो भने बुटवल शाखाले २८ युवा व्यवसायीलाई वित्तीय योजना र व्यवस्थापनबारे प्रशिक्षण गर्यो । फाइनान्सका अनुसार मधुबन शाखाले श्री जनता बोर्डिङ स्कुलका ३८ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरे भने जनकपुर शाखाले मोडेल मल्टिपल कलेजका कक्षा १२ का विद्यार्थीलाई वित्तीय ज्ञान प्रदान गर्यो । औरही शाखाले द सनराइज बोर्डिङ स्कुलका ४० विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
समृद्धि फाइनान्सले वित्तीय सचेतना वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। वित्तीय ज्ञान र सचेतनाले मात्र भविष्यलाई सुरक्षित बनाउन सकिन्छ भन्ने सन्देश दिंदै, संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्गलगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरू प्रदान गर्दै आएको छ ।