काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारणसभाबाट अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । शुक्रबार बिहान सार्वजनिक भएको परिणामअनुसार अध्यक्षमा पाण्डे पाँच सय १४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आङ दोर्जी लामा (एडी)ले चार सय १३ मत पाएका थिए ।
काठमडौंमा यही चैत १७ गतेदेखि सुरु भएको साधारणसभामा १९ गते मतदान भएको थियो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) चार सय ७४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी रोशन दाहालले चार सय ५२ मत ल्याएका थिए । एसोसियट उपाध्यक्षमा इन्जिनियर एनसी शर्मा, कोशी प्रदेशको उपाध्यक्षमा धिरेन्द्र कुमार दाहाल, मधेश प्रदेशको उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेशको उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेशको उपाध्यक्षमा खिम प्रकाश मल्ल, लुम्बिनी प्रदेशको उपाध्यक्षमा सहदेव खड्का, कर्णाली प्रदेशको उपाध्यक्षमा हिम बहादुर बुढा, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।
यसैगरी, महासचिवमा शिवहरि घिमिरे, नीतिगत कार्यभारतर्फको उपमहासचिवमा मंगल बहादुर शाही, आन्तरिक कार्यभारको उपमहासचिवमा सन्तोष शाह, महिला उपमहासचिवमा गंगा पोखरेल, कोषाध्यक्षमा उज्वल गौतम, सहकोषाध्यक्षमा उपेन्द्र कुमार घिसिङ निर्वाचित भएका छन् ।
खुलातर्फको केन्द्रीय सदस्यमा राजेश गौतम, लक्ष्मण बहादुर साउद, देवराज पाण्डे, राजा राम न्हिसुतु, सुरेन्द्रराज केसी र केशव प्रसाद लामिछाने विजयी भएका छन् ।
कोशी प्रदेशको केन्द्रीय सदस्यमा सन्तोष कुमार कट्वाल, मधेस प्रदेशका केन्द्रीय सदस्यमा अमरनाथ साह, बागमती प्रदेशको केन्द्रीय सदस्यमा बलराम श्रेष्ठ, गण्डकी प्रदेशको केन्द्रीय सदस्यमा कृष्ण नारायण श्रेष्ठ, लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यमा टेक बहादुर खड्का, कर्णाली प्रदेशको केन्द्रीय सदस्यमा डिल्ली प्रकाश केसी, सुदूरपश्चिम प्रदेशको केन्द्रीय सदस्यमा महेश सिंह धामी विजयी भएका छन् भने एसोसियट प्रतिनिधिहरूको तर्फबाट केन्द्रीय सदस्यमा उमेश ध्वज थापा र माधव प्रसाद शर्मा आचार्य, महिला निर्माण व्यवसायीहरूको तर्फबाट केन्द्रीय सदस्यमा बिना अधिकारी र हिरा लामा तराई मधेस क्षेत्रबाट सोविन्द्र चौधरी, आदीवासी जनजातीको तर्फबाट विजय लामा, पिछडिएको क्षेत्रबाट प्रकाश खड्का, वस्तुगत संघबाट होम प्रसाद डाँगी विजयी भएका छन् ।