श्री सम्पादकज्यू,
आर्थिक दैनिक
कुपण्डोल, ललितपुर
महोदय,
उपरोक्त सम्बन्धमा तपाइँको पत्रिकामा मिति २०८२/१२/१६ गते ‘एक सय ४७ करोेड बढी लगानीको रहस्य’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
यस कम्पनीद्वारा हाल करीब ६०% निर्माण कार्य सम्पन्न भइसकेको आयोजना सफल पार्न स्वदेशी तथा विदेशी पुँजीको आवश्यकता पर्ने भएकाले प्रचलित कानुन, स्थापित मापदण्ड, नियम र निर्देशिका तथा नेपाल सरकारका नियमनकारी निकायको निर्देशन एवं अनुमतिका आधारमा पारदर्शी तवरबाट प्रत्यक्ष वैदेशिक लगानी पनि भित्र्याएर काम भइरहेको छ ।
यसबारे अनावश्यक भ्रम सिर्जना गरी परियोजनाका लगानीकर्ता व्यक्ति तथा संस्थाको तेजोवध गर्ने नियतले विना प्रमाण लाञ्छनायुक्त सामग्री नियोजित तवरले प्रकाशित गरेकोले हामी त्यसप्रति खेद व्यक्त गर्दछौं । कुनै पनि सामग्री प्रकाशन प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग सम्पर्क गरी सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्नेमा हुँदै नभएका मिथ्या कुराहरू राखी एकपक्षीय ढंगले आरोपित गर्नु पत्रकारिताको सामान्य मूल्य मान्यता बाहिरको कुरा हो ।
यस्ता भ्रमपूर्ण सामग्री सच्याएर पाठक तथा सम्बन्धित पक्षसँग क्षमायाचना गर्न सुझाव दिन्छौं । अन्यथा हामी प्रचलित कानुनबमोजिमको उपचार खोज्न बाध्य हुने व्यहोरा अवगत गराउँदछौं ।
