काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा बुधबार पोखरामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कृष्ण दत्त भट्टराईले पेश गरेको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो ।
सभामा आफ्नो भनाइ राख्दै संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत सजल खड्काले लघुवित्तका लागि विगतका वर्षहरु चुनौतीपूर्ण रहेता पनि पछिल्लो समय केही सहज बन्दै गएकोले आगामी दिनमा यस क्षेत्रको व्यवसाय सकरात्मक दिशातर्फ अगाडी बढ्ने विश्वास व्यक्त गरेका थिए। साथै प्रविधिको उच्चतम प्रयोग गरी ग्राहक मैत्री सेवामा थप क्रियाशील भएर लाग्ने प्रतिवद्वता पनि व्यक्त गरेका थिए ।
एनएमबी बैंकबाट प्रतिनिधित्व गर्नुहुने राजिव रंजित, सेयरधनी केशव शरण पौडेलले संस्थाको साधारणसभा समयमा गर्न र लगानीकर्तालाई प्रतिफल मिल्ने गरी कार्य गर्न सुझाव दिएका थिए । उनीहरूको सुझावलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सुझाव अनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने देशमा नयाँ सरकार बनेसंगै वित्तीय क्षेत्रमा सुधार हुने संकेत देखा परेको पनि जानकारी गराए ।
कास्कीको न्यूरोड, पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबी लघुवित्त वित्तीय संस्थाको साधारणसभासम्बन्धी कार्यक्रमको सञ्चालक कम्पनी सचिव सूर्य बहादुर थापाले गरेका थिए ।