बागमती प्रदेश सरकारअन्तर्गत रहेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश मन्त्रीस्तरीय निर्णय गरेर गत चैत्र २७ गतेदेखि लागू हुने बागमती प्रदेशमा खास गरी काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे जिल्लाको बनेपा, धुलिखेल, पनौतीलगायत सहरी क्षेत्रमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गरेको छ । सोअनुसार अब यात्रुले ०–५ किलोमटिरको २३.९३ रूपैयाँ । ०–१० किलो मिटरको ३२.७५ रूपैयाँ । ०–१५ किलो मिटरको ३९.०५ रूपैयाँ । अनि ०–२० किलो मिटरको ४४.०९ रूपैयाँ । २० किलो मिटरभन्दा माथिको ५०.३८ रूपैयाँ तिर्नुपर्ने छ । यो जानकारी राजपत्रमा समेत जारी गरिसकिएको छ ।
स्मरण रहोस्, यसअघि २०८०/०५/०७ मा पनि बागमती प्रदेश सरकारअन्तर्गत रहेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश मन्त्रीस्तरीय निर्णय गरेर नै काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे जिल्लाको बनेपा, धुलिखेल, पनौतीलगायत सहरी क्षेत्रमा चल्ने सार्वजनिक यातायातको भाडा दर कायम गरेको थियो । जुन भाडा दर ०–५ किलोमटिरको १९ रूपैयाँ । ०–१० किलोमिटरको २६ रूपैयाँ । ०–१५ किलोमिटरको ३१ रूपैयाँ । अनि ०–२० किलोमिटरको ३५ रूपैयाँ र, २० किलो मिटरभन्दा माथिको ४० रूपैयाँ तोकिएको थियो । तर त्यो बेला गाडी मालिक तथा चालक एवं सह–चालकहरूले १९ रूपैयाँको सट्टटा २० रूपैयाँ । २६ रूपैयाँको सट्टटा ३० रूपैयाँ । २६ रूपैयाँ । २६ रूपैयाँको सट्टटा ३० रूपैयाँ । ३१ रूपैयाँको सट्टा ३५ रूपैयाँ । ३५ रूपैयाँको सट्टटा ४० रूपैयाँ । ४० रूपैयाँको सट्टटामा ४५ रूपैयाँ लिने गर्थे । यसरी हेर्दाखेरि दिन दहाडै यात्रुहरूबाट एकजना बराबार एक पटकमा एक रूपैयाँदेखि चार, पाँच, छ रूपैयाँसम्म लुट्थे त नभनौँ बढी भाडा असुल गर्थे ।
अझ त्यसभन्दा अघि कात्तिक १, २०७८ बागमती प्रदेश सरकारले बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातका धनीहरूलाई यात्रुहरूबाट साविकको भन्दा २३ प्रतिशत भाडा बढाएर भाडा लिन पाउने निर्णय गरेको थियो । त्यो भाडा दर भनेको त्यस अघिको १४ रूपैयाँमा ३ रूपैयाँ ३३/४१ पैसा बढेर १७ ३३/४१ रूपैयाँ हुनुपर्ने थियो । तर सार्वजनिक यातायातका धनी तथा सहचालकहरूले कोटेश्वरबाट कालीमाटी आएको भाडा २५ रूपैँया लिन/मागेका थिए । कोटेश्वरबाट कालीमाटीको दुरी ८ किलो मिटर छ ?
मान्छेहरूलाई लाग्दो हो कि, जाबो १–२–४–५–६ रूपैयाँ भाडा बढेकोमा के कुरो गरेको होला, किन लेख नै लेखेको होला ? देशमा कत्रोकत्रो भ्रष्टचार र घुसखोरीले संस्थागत रूप लिएको छ । जस्तै विगतमा माओवादी लडाकुको पेन्सन तथा उपदानको पैसा हिनामिना काण्ड, थ्री गर्जे काण्ड, गिरिबन्धु टी स्टेट काण्ड, दमक भ्यु टावर काण्ड, एनसेल काण्ड, काली गण्डकी जलविद्युत्, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु टी स्टेट काण्ड, गोकर्ण गल्फ तथा रिसोर्ट काण्ड, ७० करोडको मेसिन खरिद काण्ड, बालुवा टारको सरकारी जग्गा हिनामिना काण्ड, सहरकारी काण्ड, सर्प पाल्ने काण्ड, दरबार मार्ग जग्गा काण्ड, कोभिड–१९ कालमा भएको स्वस्थ्य सामग्री खरिद काण्ड, कोभिड–१९ का कारण पहिलो चरणमा आम जनताहरूलाई वितरण गरिएको भनिएको १० अर्बको राहत काण्ड इत्यादि काण्डहरू हेरिकन जाबो १–२–४–५–६ रूपैयाँ भाडा बढेकोमा किन लेख नै लेखिरहनु ?
तर कुरो त्यसो होइन । किनभने, केही वर्षअघिको एक सामचारअनुसार हामीमध्ये धेरै यात्रुले सार्वजनिक यातायातमा यात्रा गर्दाखेरि तिरेको भाडामा के मतलब गर्नु र ? भनी गाडी धनी अथवा सहचालकलाई आफूले फिर्ता पाउनुपर्ने १–२–४–५–६ रूपैयाँ फिर्ता नमाग्दा÷त्यतिकै छोड्दा सार्वजनिक यातायात धनी वा सहचालकहरूले एकै दिनमा करोडौं कमाउने गर्छन् । हो, यस्तो समाचार एक अनलाइन (डिजिटल पत्रिका) न्युज पोर्टलमा आएको थियो (क्लिक मान्डु) मा ।
सरकारी निकाय यातायात व्यवस्था विभागले त्यो बेला (१ कत्तिक, २०७८ मा) तोकेअनुसार काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चढ्दा लकडाउन र निषेधाज्ञाअघि न्युनतम १३ रूपैयाँ भाडा तिर्नुपथ्र्यो । तर, भाडा लिने गाडी धनी (सहचालक !) हरूले त्यो बेला तपाईँ–हामीलाई गाडी चढ्नेबित्तिकै १५ रूपैयाँ तिराउँथे । हामीले नाई नास्ती नगरी सहजै तिथ्र्यौं । उस्तै गाडी धनी (सहचालक !) ले त एक ठाऊँ जानुपर्ने कुनै यात्रु झुक्किएर अर्को बसमा चढेर/झुक्किएर तुरुन्तै झरिहाले पनि भाडा लिएरै छाड्थे/अझै पनि केही सहचालकहरूले लिन्छन् । काठमाडौँ उपत्यका र त्यस वरिपरि चल्ने सार्वजनिक यातायातको भाडा दरको विषयमा तल थप उल्लेख गर्ने प्रयास गरिएको छ । यो भाडा दर चाहिँ अलि पुरानै हो । जुन भाडा दर अहिले देखिँदैन, मेटिइसकेको छ । जे भए पनि यातायात विभागले टाँस गरेको थियो सो भाडा दरको सूचना ।
१. काठमाडौँ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुबाहक सवारी साधनको भाडा दर न्युनतम १३/०० रुपौयाँदेखि अधिकतम २४ रुपौयाँसम्म कायम गरिएको थियो । तलको भाडा दर रेट विसं २०७२ को हो । हालै लागू भएको नयाँ भाडा दर रेटको सूची यातायात विभागले टाँस गरेको छैन ।
२, काठमाडौँ उपत्यका र अन्य सहरी क्षेत्रको भाडा दर र दूरीः
० देखि ४ किमिम्म १३/०० रूपैँया,
० देखि ५ किमिसम्म १५/०० रूपैँया,
० देखि ६ किमिसम्म १६/०० रूपैँया,
० देखि ८ किमिसम्म १७/०० रूपैँया,
० देखि १० किमिसम्म १९/०० रूपैँया,
० देखि १३ किमिसम्म २१/०० रूपैँया,
० देखि १६ किमिसम्म २२/०० रूपैँया,
० देखि १९ किमिसम्म २३/०० रूपैँया,
० देखि १९ भन्दामाथि २४/०० रूपैँया
३. यदि कुनै सवारी साधनले माथि तोकिएभन्दा बढी भाडा लिएको जानकारी भएमा तत्कालै ट्राफिक प्रहरी कार्यलय (१०३) अथवा यातायात व्यवस्था विभागको कार्यलयमा जानकारी गराउनु हुन अनुरोध गरिन्छ । भनिएको छ । सो सूचना बोर्ड अभैm पनि यातायात व्यवस्था विभाग (ट्रली बसको पुरानो ग्यारेज) काठमाडौँ, नयाँ बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभाग कार्यलय अगाडि मधुरो अक्षरमा देख्न सकिन्छ ।
सार्वजनिक यातायातका मालिक वा भनौं चालक र सहचालकहरूले लिने जाबो २–४ रूपैँया बढी लिने गरेका बारे केही लेख्ने जमर्को गरेको छ । विसं २०७४, चैत ७ मा ‘क्लिकमाण्डु अनलाइन’मा प्रकाशित फिचर/लेखमा उल्लेख भएअनुसार त्यो बेला काठमाडाँ उपत्यकामा मात्रै ८९ हजार ५ सयवटा सार्वजनिक यातायातका विभिन्न सवारी साधनहरू चल्थे गर्थे । त्यसरी काठमाडौँ उपत्यकामा त्यो बेला दैनिक रूपमा चल्ने ८९ हजार ५ सय सयवटा सार्वजनिक यातायातका विभिन्न सवारी साधनले एक पटकमा २२ लाख ३७ हजार ५ सय यात्रु बोक्थे । एक दिनमा तीनपटक मात्रै ओहोरदोहोर गर्दा पनि ६७ लाख १२ हजार ५ सय यात्रु बोक्थे । यसरी हेर्दा एक जना यात्रु बराबर २ रूपैँया मात्रै फिर्ता नगर्दा पनि सार्वजनिक यातायातका धनीहरूले एक पटकमा १ करोड ३४ लाख २५ हजारभन्दा बढी अवैद्य ढंगले कमाउँथे । त्यस मध्ये २० प्रतिशत यात्रुलाई विद्यार्थी मान्दा पनि सार्वजनिक यातायातका धनीहरूले एक दिनमा करोडभन्दा बढी नै कमाएको देखिन्थ्यो ।
हुन त धेरै जसो यात्रुहरू सचेत छन् ! त्यसैले उनीहरूले आफूले पाउनुपर्ने फिर्ता पैसा सवारी साधनका धनी, चालक र सहचालकहरूसँग माग्छन् । तर अधिकांश सवारी साधनका धनी, चालक र सहचालकहरूले चानचुन पैसा छैन ! भनी यात्रुहरूलाई १, २, ३, ४ रूपैँया (अहिले फिर्ता नदिकनै पठाउने गर्छन् । देशमा रहेका विभिन्न उपभोक्ता समितिहरू, बुद्धिजीवीहरू, सचेत यात्रुहरू र स्वयम् काठमाडाँै उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुबाहक सवारी साधनका धनी, चालकका साथै सहचालकहरूले यस विषयमा बहस र छलफल गरेर न्युनतम भाडा दरभन्दा बढी पैसा फिर्ता दिने नियम लागू गर्नुपर्ने देखिन्छ । त्यसो गर्नका लागि चानचुन पैसाको जोहो सवारी साधनका धनीहरूले नै गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्छ । अब यस विषयमा सर्वसाधारण यात्रुहरूका साथै उपभोक्ता कानुनका ज्ञाता, अधिकारकर्मीहरू र, सार्वजनिक यातायातका धनीहरूले आफ्नो हकहितका लागि गठन गरेको समितिहरूले पनि चासो लिनैपर्ने देखिन्छ । किनभने, सुशासन भनेको त सुशासन नै हो । त्यसैले आशा गरौं, अब एक रूपैयाँ भए पनि सार्वजनिक सवारी साधनका धनी र सहचालकहरूले सर्वसाधारण यात्रुहरूलाई फिर्ता दिनेछन् ।