काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लामो समयदेखि अलपत्र बनेको नारायणगढ–बुटवल सडक खण्डको कामलाई तिव्रता दिन निर्देशन दिएका छन् ।
मंगलबार उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै उनले निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टी जनाएका हुन् । उनले निर्माण कार्यलाई तिव्रता चिनियाँ ठेक्का कम्पनीलाई निर्देशन दिए । सडक अलपत्र पर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको उनको भनाइ छ । यस अवस्थालाई चाँडो अन्त्य गर्न ठेक्का कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउनुपर्नेमा उनले जोड दिए । गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे । नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै निर्माण कार्यमा कुनै पनि लापरबाही नगर्न सचेत गराए ।
यसैबीच, ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिई निर्धारित समयसीमाभित्रै काम सक्ने दाबी गरेका छन् ।