काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)अमेरिकाको टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । सन् २०२६ को यो सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चीनफिङदेखि नेपालका बालेनसम्म परेका हुन् । बालेन गत चैत १३ गते शुक्रबार नेपालको प्रधानमन्त्री भएका थिए ।
राजनीतिमा आउनुअघि हिप–हप कलाकारका रूपमा परिचित शाहले काठमाडौ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन उल्लेखनीय पहल गरेको जिकिर टाइमले गरेको छ । उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा कति काम गरे भन्ने जानकारी त काठमाडौंबासीलाई थाहा छ । किनकि फोहोर व्यवस्थापनमा समस्या आएपछि जेनजी आन्दोलनपछि बनेको सरकारले नै ओखरपौवाबासीसँग फोहोर व्यवस्थापनको विषयमा सम्झौता गरेको थियो ।
आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीबीच शाहको नेतृत्व कत्तिको प्रभावकारी हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको टाइमले जनाएको छ ।