काठमाडौं । होटल गरिमा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नको लागि यही वैशाख २९ गते सुनसरीस्थित कम्पनीको कार्यालयमा प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले होटल गरिमाको सेयरमा सर्वसाधारणको पहुँच आवश्यक भएकोले नेपाल धितोपत्र बोर्डमा निवेदन दिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने निर्णय सर्वसम्मतिले पारित गर्नेछ । यसका साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त पनि गर्नेछ ।