काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा खुम्चिएको छ । संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा छ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा छ दशमलव शून्य आठ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको तेस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी १७ करोड ५१ लाख रुपैयाँबाट १३ दशमलव ३५ प्रतिशतले घटेर १५ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । आम्दानी घटेसँगै सञ्चालन नाफा पनि प्रभावित भएको छ । अघिल्लो वर्षको १० करोड १४ लाख रुपैयाँको सञ्चालन नाफा घटेर छ दशमलव ६९ प्रतिशतले घटेर नौ करोड ४६ लाख रुपैयाँमा रुपैयाँमा सीमित भएको छ ।
हाल चुक्ता पुँजी एक अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २४ करोड ८९ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी आठ रुपैंयाँ ४६ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय २४ सात पैसा रहेको छ ।