काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच सम्झौता भएको छ । आकर्षक बोनसदरसहित विगत ३९ वर्षदेखि जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेसनल लाइफले आफ्ना प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरूलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी बुधबार ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धमा सम्झौता गरेको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्रान्डी इन्टरनेसनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छे ज्युको समुपस्थितिमा सो हस्पिटलको तर्फबाट चिफ अपरेटिङ अफिसर अमृत खन्ना र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच कम्पनीको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोहमा सम्झौता हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई १० प्रतिशत छुट सुविधासहित सहुलियत दरमा स्वास्थ्योपचार सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरूले लाभ उठाउन सक्ने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।