काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–५ बस्ने ४७ वर्षीय राजेश कुमार गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा १२ दिन कैद र ११ लाख रूपैयाँ जरिबाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–८ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेस गरिएको जानकारी दिएको छ ।